विद्यार्थीमाथि शिक्षककै निर्घात कुटपिट,अभिभावकद्धारा कारबाहीको माग
- १५ फाल्गुन २०७८, आईतवार
- 1173 पटक पढिएको
म्याग्दी १५ फागुन । म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थी शिक्षकबाटै कुटिएर थलिएका छन् । मालिका गाउँपालिका–५ घर भई बेनी नगरपालिका–६ माझखेत बस्दै आएका विद्यालयमा अध्ययनरत १७ बर्षिय छात्र राजन पौडेललाई शिक्षक नविन घिमिरेले निर्घात कुटपिट गरि घाईते बनाएका हुन् ।
घटना फागुन १३ गतेको भएपनि उक्त घटनापछि परिवारद्धारा विद्यालयमा जानकारी गराउँदा समेत पौडेलको उपचार लगायतमा विद्यालयले चासो नदिएपछि आईतवार विद्यालयमै पुगेर लिखित निवेदन दिएपछि घटना बाहिर आएको हो । लेखा बिषयक शिक्षक घिमिरेले विना कारण आफुलाई कक्षा कोठाभित्र नै पाईपले निलडाम हुने गरि कुटपिट गरेको पौडेलको भनाई छ ।
‘‘पढाई भएकै समयमा कुन साथिले हो डस्विनमा फालेको कागजको डल्लोले सररलाई लागेछ, त्यसपछि उहाँले अगाडीको साथिहरुलाई उठाउँदै कस्ले हानेको हो ? भन्दै कुट्दै आएर मलाई समेत उठाएर ढाड र घाँटी सबैतिर हान्नुभयो, त्यसपछि कक्षाकोठाबाट बाहिर निकाल्नुभयो, मैले अर्को कक्षाको सरलाई गुहार माग्दा झनै टाउकोमा ढल्ने गरि पिट्नुभयो’’– छात्र पौडेलले भन्नुभयो ।
शरीरभरको कुटपिटले दुखाई संगै वान्ता गर्ने, खाना नखाने र स्वास फेर्न समेत गाह्रो हुन थालेपछि शनिवार बेनी अस्पतालमा एक्सरे सहितको उपचार पछि टाउको सुन्नीएको कारण पोखरा पु¥याएर सिटिस्क्यान गरिएको बुबा भिमप्रसाद पौडेलले बताउनुभयो । ‘‘ हामीले विद्यालयमा बच्चालाई पढ्न पठाएका हौँ, उसले के अपराध ग¥यो र यसरी कुटपिट भयो ? यसको जवाफ खोजेका छाँै, दोषि उपर कारबाहीको माग गरेर निवेदन दिएका छौँ’’–पौडेलले भन्नुभयो ।
घरपरिवारका अनुसार, पाइपले लागेर करङमा गम्भिर चोट लागेर भाँचिएको पुष्टि भएर आबश्यक औषधी दिएर आराम गर्न उपचारमा संलग्न डाक्टरहरुले सुझाब दिएका छन् । घरमै औषधी सेवन गरि आराम गरिरहेका छात्र पौडेलको शरिरमा अहिलेपनि चोटका दागहरु देखिन्छन् । शिक्षकको कुटपिटबाट बालकको स्वास्थ्यमा गम्भिर समस्या देखिएको भनेर विद्यालय प्रशासनलाई शनिवार नै जानकारी गराउँदा समेत वेवास्ता गर्नुले विद्यालयका विद्यार्थीहरुप्रति विद्यालयको जिम्मेवारपन नदेखिएको भन्दै अभिभावकहरुले विद्यालयमै पुगेर गम्भिर ध्यानकर्षण समेत गराएका छन् ।
उनीहरुले कक्षाकोठाभित्रै विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक विरुद्ध कानुनी कारबाहीको माग गर्दै सम्बन्धित निकायमा समेत उजुरी दिने बताएका छन् । विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिवार विहान पौडेलको दिदीबाट फोनमार्फत जानकारी प्राप्त भएपनि शनिवारको दिन भएको र घटना सामान्य होला भनेर गम्भिरता प्रस्तुत नभएको स्विकार गर्नुभयो । ‘‘शुक्रवार बालकले अतिरिक्त कक्षा समेतको सबै कक्षा पढेको देखिएको छ, विद्यार्थीले सोहि दिन नै आफुलाई विद्यालयमा जानकारी गराएको भए पनि हुन्थ्यो, शनिवार फोन मार्फत जानकारी त आएकै हो, शनिवारका विदाको दिन शिक्षकलाई के टर्चर दिनु भनेर सोधिन, आज विद्यालयमा आएपछि मैले सम्बन्धित शिक्षकलाई घटनाबारे सोधेँ, उहाँले मलाई कागजले हाने, त्यसपछि केहि एक्सन लिएको हो, त्यस्तो कुटपिट गरेको होइन भन्नुभएको छ, अब विद्यार्थी, सम्बन्धित शिक्षक सबैबाट थप बुझ्नेछौँ’’–हमालले भन्नुभयो ।
Mero xora Lai pani kuteko hore to school ko teacher le , ma ahile Nepal ma xaina Nepal ma aayevane , tesko Ghar ma pugera attack garxu maile parsasan Lai vanne ho vane pidit ne justice paudaina