विद्याज्योतीका पुर्व विद्यार्थीद्वारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  • १ असार २०७८, मंगलवार
  • 1669 पटक पढिएको

पर्वत, १ असार । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको विद्याज्योती माविका पुर्व विद्यार्थीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

विद्याज्योती माविका २०६४ सालमा एसएलसी परिक्षामा सहभागि ३० जना विद्यार्थीहरुले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग पुर्‍याउने किसिमले कुल सहयाेग  एक लाख पचास  हजार रुपैयाँ बराबरको खाद्यान्न र समुदायस्तरमा दश हजार थान मास्क विरतण गरेको जानकारी दिएका छन् ।

विद्यालयका प्रअ रघुनाथ आचार्यसहित पुर्व विद्यार्थी समुहले गाउँपालिका अध्यक्ष याम मल्ल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र स्वास्थ्य शाखाका संयोजक राजु बोहोरालाई सहयोग उपलब्ध गराएका हुन् ।

आठ बोत्तल सेनीटाईजनर, १७ सेट पिपिई, १६ सेट अक्सिमिटर, एन ९५ मास्क ७५ थान, ३९ थान फेसशिल्ड, ३८ थान पिपिइ जुत्ता उपलब्ध गराएका हुन् ।