डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री
- २७ जेष्ठ २०७८, बिहीबार
- 3486 पटक पढिएको
म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर खड्काले एक सेट अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर २ थान, पिपिई १५ सेट उपलब्ध गराउनुभएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । घारमा आयोजित एक कार्यक्रमका बिच उक्त सामाग्री वडा अध्यक्ष बरुवाल र युबा ब्यवसायी इस्वर बरुवाल द्वारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोगदाता खड्का आफ्नो बुबा खिम खड्का र आमा सकुन्तला खड्का को साथमा युकेमा बस्दै आउनुभएको छ । हङकङमा जन्मिएपनि सहयोगदाता डाक्टर खड्काले एसएलसी सम्मको अध्ययन नेपालमै पुरा गर्नुभएको थियो । लण्डन स्थित एक अस्पतालमा कोरोना संक्रमित विरामीहरुकै उपचारमा संलग्न रहनुभएका डाक्टर खड्काले गाउँमा समेत कोरोना संक्रमण फैलिएको र अत्याबश्यक उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले सामाग्री सहयोग गरेको बताउनुभयो । सहयोगदाता खड्का परिवारलाई वडा कार्यालयले आभार प्रकट समेत गरेको छ ।