प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

  • १५ चैत्र २०७७, आईतवार
  • 925 पटक पढिएको

 

काठमाण्डौ १५ चैत । लामो समयको तिक्कतापछि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आईतवार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।


त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको बताएका थिए ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि सभामुख सापकोटाले असंवैधानिक कदम रहेको भनी पुर्नस्थापनाको पक्षमा धारणा राखेका थिए । त्यसपछि सभामुख र प्रधानमन्त्रीबिच भेट भएको थिएन् ।