नेपाल आइडलबाट चम्किएका चर्चित गायक नेसन पुन मगर म्याग्दी आउँदै

  • ३ चैत्र २०७७, मंगलवार
  • 2367 पटक पढिएको

म्याग्दी ३ चैत । नेपाल आइडलको सिजन ३ को उत्कृष्ट ५ भित्र पर्न सफल भएका चर्चित गायक नेसन पुन मगरले गृहजिल्ला म्याग्दीमा आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आउनुभएका गायक पुनले नेपाल आइडलमा राखेका उत्कृष्ट प्रस्तुतीहरु मार्फत उहाँको चर्चा फैलिएको थियो । जिल्लाका ठुला कार्यक्रमहरुमा अहिलेसम्म प्रस्तुती राख्न अवसर र समय नजुरेको अवस्थामा फागुपूर्णिमा (होली) को अवसरमा पुनलाई गृहजिल्ला म्याग्दीमा ल्याउन सकिएको हो ।


बेनी जोमसोम सडकखण्डम अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा सञ्चालित कालीगण्डकी रिसोर्टले होलीको अवसरमा आयोजना गरेको पुल पाटीमा गायक पुन संगै डिजे साँगेतिक प्रस्तुती समेत राखेको रिसोर्टका सञ्चालक हरिबहादुर चन्दले जानकारी दिनुभयो । कोरोनाको कारण प्रभावित बनेको साँगेतिक क्षेत्र र होटल व्यवसायको क्षेत्रलाई चलायमान बनाउनका लागि रिसोर्टले चैत १५ गते परेको होली पूर्णिमाको अवसरमा डिजे सहितको साँगेतिक प्रस्तुती सहित पुल पाटी आयोजना गरेको जनाईएको छ । रिसोर्टले उक्त दिनको लागि अग्रिम टिकट बुकिङ समेत सुरु गरेको जनाएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्र्तगत सञ्चालित रिसोर्टले गर्मियाममा स्विमिङको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन जिल्लामै पहिलो रिसोर्टसंगै एचबिसी स्विमीङ समेत सुरु गरेको छ । स्विमीङ पुलको सुबिधा भएपछि गर्मी याममा पौडी खेल्नलाई बाहिरी जिल्लामा पुग्न र जोखिम मोलेर नदीमा जानु नपर्ने भएको छ ।