विप्लव समूहको प्रतिबन्ध फुकुवाको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन

  • २१ फाल्गुन २०७७, शुक्रबार
  • 1200 पटक पढिएको

म्याग्दी २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले सरकारले प्रतिवन्ध फुकुवा गरेको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन गरेका छन् । विहिवार सरकार र विप्लव समूहसंगको वार्तामा सहमती जुटेपछि साँझ बसेको मन्त्रीपरिषद वैठकले विप्लवमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेको थियो ।


सरकारको निर्णयको स्वागत गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विप्लव नेतृत्वको नेकपाले दिप प्रज्वलन कार्यक्रम आयोजना गरि स्वागत र खुसीयाली मनाएका हुन् । सो क्रममा जिल्ला इन्चार्ज शुसिला विश्वकर्मा (दिपा)ले सरकारले प्रतिवन्ध लगाएपछि समाजवादी क्रान्तिका कार्यभार बोकेको पार्टीले आफ्ना गतिविधिलाई भूमिगत रुपमा सञ्चालन गर्दै आएकोमा सरकारको फुकुवा घोषणा संगै शान्तिपूर्ण राजनैतिक गतिविधि अघि बढ्ने बताउनुभयो ।

उहाँले सरकारले प्रतिबन्ध लगाउने काम गलत सावित भएपछि आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटेको र पक्राउ परेका नेता तथा कार्यक्रताहरु समेत रिहा हुनु सकरात्मक पक्ष रहेकोमा जोड दिनुभएको थियो ।