काठमाण्डौमा रहेका म्याग्दीका कम्युनिष्टहरुले गरे यस्तो आह्वान (विज्ञप्ती सहित)
- १६ फाल्गुन २०७७, आईतवार
- 2226 पटक पढिएको
म्याग्दी १६ फागुन । काठमाण्डौमा बसोबास गर्ने र नेपाल कम्युनिष्ट पार्टीको वर्तमान र विगतमा विभिन्न कमिटीमा बसेर जिम्मेवारी सम्हालेका नेताहरुले सर्वोच्चको फैसलाले सरकारको संसद विघटन गर्ने असंवैधानिक ठहर गरेकाले पार्टीको मुल धारमा समाहित भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गरेका छन् ।
प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, यामबहादुर श्रेष्ठ, गोविन्द प्रसाद सुवेदी, यामबहादुर गर्वुजा, दुर्गा कार्की, पदमलाल सापकोटा, जयन्द्र केसी, चुडामणी गौतम, सोभित खड्का,विष्णु पौडेल, बद्री पुन, ईन्जिनियर नेत्रराज सापकोटा, मनबहादुर रोका, केशव प्रसाद ढुंगाना, कर्णबहादुर घर्ति लगायतले संयुक्त विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसलाले प्रतिगमनको कदमलाई रोकेको बताउँदे पार्टीको मुलधारमा पुनः एकजुट हुन आह्वान गर्नुभएको हो ।
सर्वोच्च अदालतको फैसला आम नेपाली जनता र संविधानको रक्षाको पक्षमा भएको भन्दै म्याग्दी जिल्लाको विभिन्न स्थानवाट हाल काठमाडौंमा आइ अध्ययन, अध्यापन, ब्यापार ब्यावसाय गरी अस्थाई/स्थाई रुपमा वसोवास गर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय विभाग, विभिन्न कमिटि तथा संगठनमा रहि काम गरी रहेका व्यक्तिहरुले सो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गर्ने निर्णय लिएपछि त्यसको विरोधमा समेत आवाज उठाउँदै आएका उहाँहरुले सर्वोच्चको फैसलाको स्वागत पार्टीको मुल धारमा लागेर अघि बढ्न आह्वान गरेका हुन् । उहाँहरुले पार्टीको विधी विधान भित्र रही पार्टीलाई पुनः एक ढिक्का वनाउंदै पार्टीको मुलधारमा इमान्दारीताको साथ लाग्दै नेपाल राष्ट्रलाई अग्रगमनको दिशा तर्फ अघि बढाउन आ–आफ्नो स्थानबाट लागिरहने प्रतीवद्घता गर्दै विज्ञप्ती मार्फत आम पार्टीका सर्मथक, शुभेच्छुक , पार्टी सदस्य लगायत न्याय प्रेमी अग्रगमनका पक्षधर म्याग्देली आमाबुवा, दाजु,भाई, दिदी बहिनिहरुमा अपिल समेत गर्नुभएको छ ।
laaj pache kaa andhaa haru ho ,desh ko rajniti kasari ra kun tarikaale badheko cha tetti pani thahaa napaaune le kina jhole rajniti garnu?khana, laauna pugena?ki timiharo yo bhandaa arko kunae baato chaena?hoae na bhane yastaa harkat hudaa pani sahichaap garera aafno anuhaar dekhaauda ta malaae nae laaaj laagyo but timi haru bhane ………dhat.manche ko ejjat bhanne kali gandaki le lagecha ki kya ho,he parameshwor yini haru laae chittae sat bhuddhi deu pravu.