मगर स्थापना दिवसको अवसरमा बालगहृलाई खाद्यान्न सहयोग

  • १५ फाल्गुन २०७७, शनिबार
  • 1275 पटक पढिएको

म्याग्दी, १५ फागुन । ३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शनिबार संघले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
एकता दिवसमा संघकी अध्यक्ष डकमाया पाईजा लगायतको उपस्थितमा संगठनका अध्यक्ष राजेश शाक्यलाई खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका थिए । चामल, तेल, दाल, चाउचाउ लगायतको सामाग्री सहयोग गरेका छन् ।

 

अध्यक्ष पाईजाको अध्यक्षता, उपाध्यक्ष लोकेश पुनमगरको स्वागत मन्तव्य र सचिव खम थापा मगरको संचालनमा भएको कार्यक्रममा संगठनका अध्यक्ष शाक्यले सहयोगप्रति धन्यवाद दिदै एकता दिवसले मगर दाजुभाई दिदिबहीनीहरु एकवद्ध भएर समाज रुपान्तरमा लाग्न आग्रह गरेका थिए । अध्यक्ष पाईजाले आगामी दिनहरुमा बालगहृमा संघबाट अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता दिएकी थिईन ।