रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली (तस्बिर सहित)

  • २९ माघ २०७७, बिहीबार
  • 2150 पटक पढिएको

 

म्याग्दी २९ माघ । नेकपाको प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली गरिएको छ । राष्ट्रपतिको भुमिकाबारे टिप्पणी गरेको आधारमा प्रहरीले विहिवार दिउँसो झाँक्रीलाई उहाँकै निवासबाट पक्राउ गरेको थियो ।सरकारको दमन बढेको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुल लगाउन खोजेको भन्दै प्रचण्ड नेपाल पक्षले बेनीमा साँकेतिक रुपमा मुखमा टेप लगाएर कालो कपडामा प्रतिगमनको विरुद्धका नारा लेखिएका कपडा लगाएर बजार परिक्रममा गरिएको थियो ।

ब्जार परिक्रममा पश्चात क्याम्पसचोकमा आयोजित कोण सभालाई नेकपाका नेता बालकृष्ण सुवेदी, महिला नेतृ ज्योति लामिछाने र विद्यार्थी नेता रेशम कटुवालले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले ओलीको प्रतिगमनका विरुद्धका आन्दोलनबाट ओलीलाई पदच्युत गर्ने घोषणा गर्नुभएको थियो । यसैबिच देशभरबाट बढेको जनदबाबको कारण प्रहरीले झाँक्रिलाई विहिवार साँझ नै रिहा गरेको छ ।