अजिङ्गर भीरमा सडक निर्माणको अन्तिम तयारी (फोटो फिचर)
- २२ पुष २०७७, बुधबार
- 2780 पटक पढिएको
म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा सडकको ट्याक निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको दरमिजा, चिमखोला र कुइनेमसंगले क्षेत्रका दुर्गम बस्तीलाई सिधा सडक सञ्जालमा जोड्नका लागि यस भीरमा सडक निर्माण गर्न लागिएको हो । बर्षौदेखि रोकिएको अजिङ्गर भीरको कडा चट्टान भएको भीरमा गत बर्षदेखि सडक खन्ने काम सुरु भएको थियो । गत बर्ष विष्फोटक पदार्थको बन्दोबस्त मिलाउन ढिलाई भएको यस भीरमा यस बर्ष भने लक्ष्य अनुसार नै भीरमा सडक निर्माण गर्ने कार्यले गति लिएको थियो ।
भीरमा दुबैतर्फबाट सडक निर्माण गर्ने कार्य जारी रहेको र सडकको ट्याक जोडिने अबस्थामा पुगेको स्थानीय अगुवा युवा सुविन शेरपुञ्जाले जानकारी दिनुभयो । ‘‘ अब केहि दिनमै सडकको ट्याक खुल्छ, बलाष्टिङतर्फको कार्य एक दिनलाई मात्रै हो, भीरमा ट्याक जोडिएपछि सडकलाई व्यवस्थित र स्तरोन्नती गर्ने कार्यहरु हुन्छन’’ शेरपुञ्जाले भन्नुभयो । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भीरमा पुगेको सडक अक्करे पहाडका कारण अघि बढ्न सकेको थिएन् । बिगतका बर्षहरुमा दग्नामदेखि चिमखोला जोड्ने सडकमा स्थानीय तहसंगै संघ र प्रदेश सरकारको समेत साझेदारी भएपनि यस बर्ष मुख्य भीर छिचोल्ने योजनामा गाउँपालिका र जलविद्यूत निर्माण कम्पनी तुँदी पावर कम्पनीले सहकार्य गरेका छन् ।
गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीका अनुसार, यस भीरलाई लक्षित गरि चालु आर्थिक बर्षमा वडा नम्बर ४ , ७ र ८ को गौरवको योजनाको रुपमा रु १ करोड ५० लाख बजेट विनियोजन भएको छ । विनियोजन बजेटमध्ये उपभोक्ता समिति मार्फत रु १ करोड बजेट र तुँदी पावर कम्पनीको तर्फबाट थप स्रोत परिचालन गरि सडक निर्माणको कार्य अन्तिम चरणमा पु¥याइएको छ । गाउँपालिका मार्फत विनियोजन भएको बजेटबाट चिमखोलाका युवा प्रदिप पाईजाको नेतृत्वमा रहेको उपभोक्ता समितिले डोजर लगायतका आश्यक स्रोत र साधन परिचालन गरि सडक खन्ने काम भैरहेको छ ।
सडकको ट्याक निर्माण भएपछि सडकलाई सुरक्षित तवरले सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । भगवती, बेग हुँदै चिमखोला भएर कुइनेमंगले पुगेको सडक घुमाउरो र प्राविधिक रुपमा समेत खर्चिलो भएकाले अजिङ्गर भीरलाई फुटाएर सिधा सडक सञ्जालले जोड्न लागिएको हो । मौवाफाँटदेखि दग्नाम हुँदै अजिगंर भिरसम्मको र चिमखोलादेखि दर्मीजासम्म सडकको ट्याक खुलिसकेको छ भने भीरमा सडकको ट्याक निर्माण भएलगत्तै यस क्षेत्र सिधा सडक सञ्जालमा जोडिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । अजिंगर भिरमा सडको ट्रयाक खुलेपछि दुर्गम भेगका सर्वसाधरणहरुको मोटर चढ्ने चाहना पुरा हुनेछ ।
Our proud our develop ..