दिल्लीमा उपचारत गोकर्ण परियारलाई आर्थिक अभाव
- २१ पुष २०७७, मंगलवार
- 1145 पटक पढिएको
म्याग्दी, २१ पुष । खाना नलीमा समस्या देखिएपछि वाल्ड ल्यापरस्कोपी हस्पितल दिल्लीमा उपचार गराईराखेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु धुपिचौरका गोर्कण परियारलाई आर्थिक अभाव भएको छ । नेपालमा उपचार हुन नसकेपछि दिल्ली पुगेका परियारले उपचारमा आर्थिक सहयोगको अपिल गरेका हुन् ।
सिलाईकटाईबाट जीविकापार्जन गरेका परियारले खाना नली तन्केर शरिरमा समस्या देखिएपछि काठमाण्डौ हुदै उपचारका लागि दिल्ली पुगेका हुन् । उक्त उपचारमा ६ लाख रुपैयाँ भन्दा बढी लाग्नेभएपछि आर्थिक सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छन् ।
गतबर्ष फागुनमा मनिपाल अस्पतालमा पत्थरीको उपचार र गत जेठमा हर्नियाको फेवासिटी अस्पतालमा उपचार गराउदाँ ५ लाख भन्दा बढी खर्च भईसकेको उनले बताए । अहिल्य खाना नलीमा देखिएको समस्याको उपचारमा परिवारको आर्थिक अवस्थाले नभ्याएपछि सहयोगको लागि आग्रह गरेका हुन् ।
श्रीमति गर्भवति र विरामी हुदाँ सिलाईकटाई पेशा निरन्तरता नुहदाँ आर्थिक अभावले उपचारमा समस्या देखिएपछि सहयोगका लागि संचारमाध्यबाट अपिल गरेका छन् ।
फोननम्वर, गोकर्ण परियार ९८६७६६८२९८, ९८६७६६८१५५, ९८४७६४२५४० दिल्लीकाे फोननम्वर ९१८१७६९०८४८२
फेसबुक : Gokarna Sekuwa