शिखका वडाअध्यक्ष तिलिजाको निधन

  • १८ पुष २०७७, शनिबार
  • 1842 पटक पढिएको

 

म्याग्दी, १८ पुष । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखका वडाअध्यक्ष दिनेशकुमार तिलिजाको शुक्रबार साझँ निधन भएको छ । प्यारालाइसिस रोगबाट थलिएका तिलिजाको ६५ बर्षको उमेरमा पोखरामा निधन भएको कार्यबाहक वडाअध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए ।

पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो । गत साउनमा एक्कासी विरामी भएपछि हेलिकप्टरमाफर्त पोखरा थप उपचारका लागि लगिएको थियो ।

तिलिजाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै आएका थिए । उनको देव्रे भाग चल्न छाडेको थियो । तिलिजाका श्रीमतीसहित दुई छोरा र दुई छोरी रहेका छन् । उन्ले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्वार बनेर वडाअध्यक्षमा निर्वाचित भएका थिए । किन्दु आधारभूत विद्यालयका पुर्व प्रअ समेत रहेको तिलिजाले शिख माविमा अध्यापन गराएका थिए ।

वडाअध्यक्ष तिलिजाको निधनप्रति दुख ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष डमबहादुर पुन र कार्यावाहक वडाअध्यक्ष तिलिजा पुनले समाजप्रति उन्को योगदान स्मरणयोग्य रहेको जानकारी दिए।