सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन, १३ लाख बढी मृत्यु दावि भुक्तानी (फाेटाे/भिडियाे)
- ११ पुष २०७७, शनिबार
- 3083 पटक पढिएको
म्याग्दी ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै अधिकृत पोडेलले सिटिजन लाइफले आफुले दिने सेवा र दायित्वलाई समयमै पुरा गर्ने बताउँदै जिवन बिमालाई आम नागरिकको पहुँचमा पु¥याउने गरि लागिपर्न आग्रह गरे । उनले भविश्यको लागि बचत र आर्थिक जोखिमको क्षतिलाई राहत दिने भएकाले बिमाप्रति नागरिकको विश्वास र भरोसा बढ्दै गएको बताए ।
‘‘ हामी कम्पनीको दायित्वलाइ समयै बोध गर्छौ, सिटिजनप्रतिको विश्वासलाई कायम गर्न हामी प्रतिबद्ध छौँ, बिमाले गर्दा अहिले हरेक क्षेत्रको जोखिमलाई आर्थिक रुपमा भएपनि पुर्ति गर्न सक्ने अबस्थाहरु आइसकेका छन्, भविश्यको जोखिमलाई आर्थिक क्षतिबाट जोगाउन पनि बिमाको जरुरी छ’’–उनले भने ।
गत आबमा कम्पनीको उत्कृष्ट ५ शाखामा पर्न सफल भएको बेनी शाखाको औपचारिक उद्घाटनसंगै सेवाग्राहीलाइ थप सरल र सहज रुपमा विमा सेवा प्रवाह गर्ने जनाईएको छ । बेनी शाखाले छोटो अबधिमै १ हजार बढी विमित र ४ सय बढी लिडर्सहरु बनाउन सफल भएको शाखा प्रवन्धक भावना पौडेल सुवेदीले जानकारी दिइन् ।
दुइ विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर खत्रीको परिवारलाई रु ६ लाख ६८ हजार रकम हस्तान्तरण गरिएको हो ।
केसीका हकवाला श्रीमान गोविन्द केसी र खत्रीको आमा रमा खत्रीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, शाखा प्रवन्धक सुवेदी लगायतले मृत्युदाबि रकमको चेक हस्तान्तरण गरेका थिए । ६ लाख रुपैयाँको बीमा पोलिसी खरिद गरकी केसीको एक किस्ता बुझाएपछि ब्रेन ट्युमर भई गत साउन २१ गते मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकम रु ६ लाख, काजक्रिया खर्च रु ५० हजार र एक बर्षको बोनस बापतको रकम रु २१ हजार भुक्तानी गरेको शाखाले जनाएको छ ।
त्यसैगरि ३ लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेका खत्रीको दुई किस्ता बुझाएपछि सडक दुर्घटनामा परि गत असोज १८ गते मृत्यु भएको थियो । कम्पनीले खत्रीका परिवारलाई बीमाङ्क रकम ३ लाख, दुर्घटना मृत्यु लाभ रकम ३ लाख, काजक्रिया खत्र्र ५० हजार र दुई बर्षको बोनस बापतको रकम १८ हजार भुक्तानी गरेको शाखा प्रवन्धक सुवेदीले जानकारी दिइन ।