भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीबाट १ लाख ३९ हजार सहयोग
- १० पुष २०७७, शुक्रबार
- 1625 पटक पढिएको
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । युकेमा रहेका राखुबासीहरुको समाज राखु समाज बेलायतका अध्यक्ष रत्न शाहि (गोपाल)को पहलमा बेलायतमा रहनुभएका राखुबासीहरुबाट रु १ लाख ३९ हजार ६६२ आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष शाहिको नेतृत्व र विष्णु बहादुर भण्डारी, एकेन्द्रबहादुर भण्डारी, अम्मर बहादुर भण्डारीको सक्रियतामा बेलायतमा बसोबास गर्ने राखुबासीहरुबाट संकलन भएको उक्त सहयोग सुर्य बहादुर भण्डारी (पोखरा) मार्फत पीडित लाई हस्तान्तरण गरिएको छ ।
भण्डारीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको अबस्था कमजोर रहेकाले उपचारमा राहत पुगोस भन्ने उदेश्यले सहयोग संकलन गरि पठाईएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । भण्डारी परिवारले सहयोग दाताहरुलाई आभार प्रकट समेत गरेका छन् । गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका भण्डारीको खुट्टा नै गुमेको छ ।
भण्डारीको उपचारमा लाखौँ खर्च भैसकेको र थप खर्च लाग्ने भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि घरपरिवारले सहयोगको लागि अपिल गरेका छन् ।केहि बर्ष अघि प्रवासमै विरामी भएपछि घर फर्कनुभएका भण्डारीले गाउँमा हाते ट्याक्टर मार्फत खेत जोतेर जिविका चलाउँदै आउनुभएको थियो । परिवारका अन्य सदस्यको आम्दानीको स्रोत नभएको कारण उपचारमा थप समस्या भएको छ ।
सहयोगदाताहरूकाे नामवली
1 नन्द मल्ल £ 15/-
2 रत्त्न साही (गोपाल) £ 25/-
3 खिम क्षेत्री £ 21/-
4 कपिल मल्ल £ 15/-
5 अम्मर मल्ल £ 21/-
6 मेख मल्ल £ 15/-
7 अर्जुन मल्ल £ 20/-
8 रत्न कार्की £ 40/-
9 एकेन्द्र कार्की £ 20/-
10 मोहन भण्डारी £ 50.50
11 गोपाल भण्डारी £ 25/-
12 मेख भण्डारी £ 15/-
13 दान मल्ल £ 15/-
14 डिल मल्ल £ 20/-
15 पृथ्वी साही £ 15/-
16 रत्न साही (१) £ 25/-
17 बिष्णु भण्डारी £ 65/-
18 खिम साही £ 15/-
19 गोकुल मल्ल £ 15/-
20 कमल भण्डारी £ 51/-
21 तारा भण्डारी £ 130/-
22 मेजर डम्बर साही £ 25/-
23 पुरण साही £ 15/-
24 रविन्द्र साही £ 15/-
25 सन्तोष गुरूङ £ 20/-
26 भगवान मल्ल £ 25/-
27 सन्जीव मल्ल £ 20/-
28 नन्द साही £ 20/-
29 टिका साही £ 20/-
30 अमर भण्डारी £ 101/-
जम्मा £ 894.50+6.26 = £900.76 Rate £1 = 155.05
Rs 139,662/84
सम्पर्क ः सुस्मा कुमारी भण्डारी ९८४७६३०८७३
निसान भण्डारी ः ९८६७६२३१४२
पदम भण्डारी ः ९८५७६२४३८९