बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
- १२ मंसिर २०७७, शुक्रबार
- 1805 पटक पढिएको
म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।
हालसम्म एकसय चौतिस जनामा कोरोना पुष्टि मध्ये आठजना सक्रिय संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ। हालसम्म जिल्लामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।