प्रतिबन्धित नेकपाको अर्थुङ्गेमा विरोध सभा सम्पन्न
- २० कार्तिक २०७७, बिहीबार
- 1334 पटक पढिएको
म्याग्दी २० कात्तिक ।प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बेनी नगरपालिका–६ अर्थुङ्गेमा विरोध सभा सम्पन्न गरेको छ । सरकारले कोरोना संक्रमितको उपचार र पिसीआर परिक्षणमा शुल्क असुल्ने निर्णय गरेकोप्रति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विरोध जनाएको हो ।
अर्थुङ्गे क्षेत्रको एक टोलमा आयोजित विरोध सभामा सो पार्टीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण र उनलाई प्रदान गरिएको नेपाली सेनाको मानार्थ महारथीको समेत विरोध जनाएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै विप्लप नेतृत्वको नेकपाका जिल्ला शेक्रेटरी रामराजासिंहले सरकारले महामारीमा जनतालाई आधारभुत रुपमा सुविधा दिन नसकेको आरोप लगाउनुभयो ।
उहाँले कोरोनाको परिक्षण र उपचारको सबै खर्च सकाररले व्यहोर्नुपर्ने भन्दै आफ्नो पार्टील देशव्यापी रुपमा विरोध सभा गरेको बताउनुभयो ।
केन्द्रिय कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी म्याग्दी र अखिल (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा सो विरोध सभा सम्पन्न गरेको जनाईएको छ । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीको संयोजक चेन्जोले गर्नुभएको थियो ।