जलेश्वरमा डबल क्याप बोलेराे दुर्घटनाः एकजना बालिकाको निधन, ३ जना गम्भिर घाईतेको पोखरा रिफर

  • १४ कार्तिक २०७७, शुक्रबार
  • 4973 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । रघुगंगा गाउँपालिका– ६ पाखापानीबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जीप बेनी– गलेश्वर सडक अन्तरगत जलेश्वरमा दुर्घटना भएको छ।


शुक्रबार दुर्घटना भएको ध १ ज ८९६ नम्बरकोे डवल क्याप बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर कालीगण्डकीमा खस्दा सवार अन्नपुर्ण गाउँपालिका– २ भुरुङतातोपानीकी रिया विकको निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। उनी दशैमा मामाघर पाखापानी गएकी थिईन ।


गम्भिर घाईते सवारी चालक रघुगंगा गाउँपालिका –६ ठाडाखानीका नन्दलाल छन्त्याल, सवार पाखापानीका ४२ बर्षका दलप्रसाद गौचन र ५ बर्षकी ईच्छा शेरपुञ्जालाई थप उपचारका लागि पोखरा मणिपालन अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

सवार अन्य ६ जना घाईतेको बेनी अस्पतालमा उपचार भईरहेको छ । चालकसहित १० जना यात्रु रहेका थिए । ओभर स्पीड, क्षमता भन्दा बढी मानिस राखेर आएको बोलेरो सडकबाट अनियन्त्रीत भएर कालीगण्डकी खसेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।