रिजालको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ५० हजार सहयोग
- ११ कार्तिक २०७७, मंगलवार
- 987 पटक पढिएको
म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोग जुट्न थालेको छ । सहयोग अभियान अन्र्तगत बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ५० हजार सहयोग गरेका छन् ।
कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको छ । अस्पतालमा सल्यक्रिया पश्चात थप उपचार गराईरहेका रिजालको लागि बेल्जियममा बसोबास गर्ने पिप्ले र भगवती बासीहरु मार्फत प्राप्त सहयोगले उपचारमा ठुलो राहत मिलेको आर्थिक संकलन अभियानको नेतृत्वकर्ता नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्माले बताउनुभयो ।
सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारीक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाले जनाएको छ । रिजालको उपचारमा सहयोग जुट्ने क्रम जारी रहेको छ । राखु क्षेत्रमा पर्ने हरेक प्राकृतिक प्रकोप, विपद् र उपचार गराउन समस्या भोगेकाहरुलाई बेल्जियममा रहेका राखुबासीले सहयोग गर्दै आएका छन् ।
सम्पर्क ः तारानाथ शर्मा ९८४७७४५९८४