रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोगको अपिल
- ८ कार्तिक २०७७, शनिबार
- 2220 पटक पढिएको
म्याग्दी ८ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी असप्तालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोगको अपिल गरिएको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको छ ।
सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारीक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले बताउनुभयो । उहाँले उपचारमा आर्थिक अभाब हुन नदिन र घाइतेको उपचारमा राहतका लागि सक्दो सहयोग गर्न अपिल गर्नुभयो ।
सम्पर्क ः तारानाथ शर्मा ९८४७७४५९८४