कांग्रेस म्याग्दीका सहसचिव रकाललाई कोरोना संक्रमण पुष्टि
- ७ कार्तिक २०७७, शुक्रबार
- 1226 पटक पढिएको
म्याग्दी ७ कात्तिक । नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भएका रकालको शुक्रबार विहान कोरोना पुष्टी भएको हो ।
कात्तिक ४ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै रकालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गरेका छन्।
‘मेरो स्वास्थ्य अवस्था समान्य छ,‘मसँग नजिक बस्नुभएकालाई जनस्वास्थ्यको मापदण्ड अनुसार घरमै सुरक्षित बसिदिनुहोला’ रकालले भने । नेविसंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहेका रकालले मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा बेनी अस्पतालमा सम्पर्क गर्न समेत फोनबाटै जानकारी दिएका छन् । उनले नजिकबाट सम्पर्कमा रहेकालाई समेत कोरोना पुष्टी भएको जानकारी गराएको बताए ।
रकाल सहित बेनपा १ का ४४ बर्षिय, वडा नं ७ की ३९ बर्षिया महिला र १० नं वडाका ३० बर्षिय पुरुषलाई कोरोना देखिएको थियो । बेनपा–७ का संक्रमति दम्पत्ती हुन् ।
कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई २७ जनाको पठाइएकोमा ३ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा बेनी अस्पतालका बिरामीमा कोरोना पुष्टी भएका दुई बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र संक्रमतिको ट्रेसिङमा परेका मंगला गाउँपालिकाका सम्पर्कमा रहेकालाई कोरोना पुष्टी भएको थियो । यो सँगै कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोनाको पुष्टीले म्याग्दीमा समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।