म्याग्दीमा १ र पर्वतको जलजलाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  • ५ कार्तिक २०७७, बुधबार
  • 930 पटक पढिएको

म्याग्दी ५ कात्तिक । म्याग्दीमा थप एक जना सहित छिमेकी पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षयरोग उपचार केन्द्रमा गरिएको पिसीआर परिक्षणका क्रममा म्याग्दीको बेनी नगरपालिका –२ का ३१ बर्षिय पुरुष सहित जलजला गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १४३ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।