म्याग्दी कांग्रेसद्धारा दग्नामका पहिरो पीडितलाई राहत वितरण

  • २२ आश्विन २०७७, बिहीबार
  • 878 पटक पढिएको

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरो पिडित २४ घरपरिवारलाई नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरको पहलमा पहिरो पिडितलाई चार भागमा विभाजन गरेर राहत वितरण गरिएको दग्नामका धनिलाल गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क, ख, ग र घ बर्गमा विभाजन गरि बाढी पहिरो पीडितलाई क्रमशः दश हजार पाँच सय, छ हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । उक्त राहत वितरण गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष एक बहादुर गर्बुजाको उपस्थितीमा वितरण गरिएको थियो ।