मिर्गौला पीडित खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग
- २१ आश्विन २०७७, बुधबार
- 1536 पटक पढिएको
म्याग्दी २१ असोज । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको तर्फबाट रु २० हजार सहयोग पीडित परिवारलाई अस्तान्तरण गरिएको छ ।
लायन्स कल्ब अफ बेनी सिटीका अध्यक्ष अमित बाँनिया,पूर्व अध्यक्ष सुविन श्रेष्ठ,दिपेन्द्र श्रेष्ठ,अम्बिक श्रेष्ठ,मुस्लिम समाजका अध्यक्ष रहमत खाँन,बेनी सिटीका सदस्यहरु लगायतको उपस्थितिमा पीडितलाई सो सहयोग सहयोग हस्तान्तरण गरिएको थियो।
लायन्स कल्ब अफ बेनी सिटीले कोभिड–१९ को संक्रमणबाट जोगाउनका लागी स्वास्थ्य साम्रागी फेससिल म्याग्दी जिल्लाको ५ वटै गाँउपालिकाहरुमा ५०÷५० वटाको दरले बितरण गरेको थियो भने बेनी नगरपालिका–५ पुलाचौरमा रहेको पुलाश्रम मन्दिर वरीपरी रुद्राक्ष र एभोकाडोको बिरुवा बृÞक्षारोपण पनि गरेको थियो ।