पाखापानी विद्रोहमा ज्यान गुमाएका गुमनाम शहिद : को थिए तुले रोहानी ? किन मारिए उनी ?
- २० आश्विन २०७७, मंगलवार
- 5023 पटक पढिएको
ध्रुर्बसागर शर्मा
म्याग्दी २० असाेज । नेपालका प्रथम शहिद भनेर लखन थापालाई चिनिन्छ । विसं १९३३ साल फागुन २ गते जंगबहादुर राणाको देविदत्त पल्टनका सैनिकहरुले गोरखा बुंकोटको किल्ला परिसरभित्र खिर्राको बोटमा झुण्ड्याएर लखन थापालाई मृत्यु दण्ड दिइएको कुरा उल्लेख गर्दै लखन थापालाई इतिहासमा समेत नेपालकै पहिलो शहिद भनिएको छ । तर,लखन थापा भन्दा ३६ वर्ष अगाडी तत्कालिन गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा मारिएका तुले रोहानीको भने इतिहाँसमा कतै उल्लेख गरेको पाइँदैन । गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा विस। १८९७ साल श्रावण ३० गते तुले रोहानी ९स्थानीयका अनुसार पाइजा० ले शहादत प्राप्त गरेका थिए ।
पाखापानी गाउँ । तस्बिर ः म्याग्दीअनलाइन
को हुन् तुले रोहानी (पाइजा)
तुले रोहानी हाल म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ मा पर्ने पाखापानी गाउँका स्वघोषित राजा थिए । तत्कालिन १६ हजार पर्वत राज्यका जानकार तथा हालै मात्र ऐतिहाँसिक उपन्यास महारानीबाट २०७६ सालको मदन पुरस्कार विजेत चन्द्रप्रकाश बानियाँका अनुसार उनी पाखापानी निवासी बुधे रोहानीका साँहिला छोरा थिए । वि।सं १८९७ सालमा म्याग्दीको पाखापानीमा ठूलो विद्रोह भएको थियो । चौविसी राज्य अन्तर्गत पर्ने पर्वत राज्य गोरखामा बिलय भएपछि गोरखाली शासकले पर्वतमा मनपरी गर्न थाल्यो ।
पाखापानीको तुल्चेङ गाउँका ९० वर्षिय हर्कदेउ पूर्जाका अनुसार गोरखाले पर्वतमाथि विजय गरेपछि युद्धमा बचेँका पर्वत राज्यका राजा,राजकुमार तथा राजपरिवारका सदस्यहरु भागेर काँसी ९भारत० गएका थिए । उनीहरु भारतमा रहनुलाई तत्कालिन गोरखा राज्यले आफू विरुद्ध जुनसुकै बेला पनि षडयन्त्र हुन सक्ने सम्भावित खतराका रुपमा लियो । उनीहरुलाई काँसीबाट फिर्ता बोलाई लोभ लालच र सुधिा दिएर पहिलाको पर्वत राज्यमा नै राख्यो ।
तत्कालिन पर्वत राज्यका शासकहरुले त ज्यान बचेको र सेवा सुविधा पाएकोमा चित्त बुझाए । तर, सामान्य जनताहरुको भने बेहाल थियो । राज्यलाई आम्दानी भन्दा दश गुणा बढि कर तिर्नु पर्दथ्यो । जनताका तरुनी भएका छोरीहरु शासकलाई जिम्मा लगाउनु पर्दथ्यो । सुविधा केही थिएन । सामान्य मुद्धा मामिलाका लागि पनि बागलुङ वा तानसेन (पाल्पा) पुग्नु पर्दथ्यो ।यी सबै कुरा ब्यहोर्नु पर्दा तुले रोहानीको मनमा तत्कालिन गोरखा राज्य विरुद्ध विद्रोह उत्पन्न भयो ।
इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार धेरै पहिलेदेखि नै पर्वत राज्यलाई मगरात क्षेत्र भनिन्थ्यो । मगरात क्षेत्रमा मगर राजाहुने चलन तीन शताब्दी अघि नै मेटिइसकेको थियो । राजा हुनका लागि ठकुरी वंशको हुनु पर्ने परम्परा बसिसकेको थियो । त्यसैले तुले रोहानीले आफूलाई मलेवमको रौतेला ९राजकुमार० भएको घोषणा गरे । पुनर्जन्ममा आस्था र विश्वास भएको त्यो जमानाको समाजले उनलाई मलेवमको पुनर्जन्म ९अवतार० मान्यो ।
स्थानीय हर्कदेउ पूर्जाका अनुसार त्यसपछि उनले पात्लेखेत, झीँ,पाखापानी,कोटगाउँ लगाएतका क्षेत्रहरुलाई समेटेर पाखापानी राज्य बनाए । पाखापानी गाउँदेखि करिब १ किलो मिटरको दुरीमा रहेको देउराली भन्ने ठाउँमा राजधानी बनाए । त्यसैगरी कोटगाउँको शिरानमा एउटा कोत स्थापना गरी हातहतियारहरु जम्मा गरे ।
श्रृतिपरम्परा ९किंवदन्ती० मा आधारित पूर्जाको यो भनाइसंग इतिहाँसका जानकार बानियाँको मत पनि मिल्दो जुल्दो नै पाइन्छ । इतिहाँसकार बानियाँका अनुसार राज्य र आफूलाई राजा घोषणा गरिसकेपछि तुले रोहानीले ५० देखि १ सय जनासम्मको धनुर्धारी सैनिक टुकडी बनाए । पाखापानी देउरालीमा किल्ला ९गढी० निर्माण गरे । यसरी तुले रोहानी ९पाइजा० ले गोरखा राज्यका विरुद्ध विद्रोह शुरु गरे ।
कसरी मारिए रोहानी
स्थानीय बयोबृद्धहरुका अनुसार रोहानीलाई गोरखाली राजाबाट पराजित भएका तत्कालिन पर्वते (ढोलठान) राजाका सन्ततिहरुले तरवारले शिर छेदन गरी मारेका थिए । कोटगाउँकाका अनुसार जव गोरखाले पाखापानी अलग्गै राज्य बनेको र तुले रोहानीले आफूलाई राजा घोषणा गरी गोरखा विरुद्ध विद्रोह गरेको खबर पायो त्यसपछि विद्रोह दवाउन र तुले रोहनीलाई मार्नका लागि बाइसखानी गोश्वारा अड्डा बागलुङबाट सेना,कर्मचारी खटायो ।
सरकारी सेना र कर्मचारीहरुले राखु, मल्लाज, ज्यामरुक,कार्कीनेट,घतान,पाँङ,बलेवा,भीमपोखरा लगायतका ठाउँमा रहेका गोरखाले जित्नु भन्दा पहिलाको पर्वत राज्यका तालुकदार,मुखिया,भद्रभलादमीका साथै राजपरिवारका सदस्यहरुलाई लिइ पाखापानीमा आए ।पाखापानीको देउराली भन्ने ठाउँमा दुवै पक्षको घमासान युद्ध भयो । ढोलठानका राजकुमारहरुको रोहानीसंग इख थियो । किनभने रोहानीले आफू तत्कालिन पर्वते राजा मलेबमका राजकुमार भएको बताएर राजा बनेका थिए । गोरखा पक्षका योद्धाहरुले ढोलठाने राजाका राजकुमार ९दुई भाइ० हरुलाई तलबार दिएर तुले रोहानीसंग लड्न पठाए । त्यतिबेला भाला र तरवार नै मुख्य हतियार मानिन्थे ।
हर्कदेउ पूर्जाले सुनाएको किंवदन्ती अनुसार ढोलठाने राजकुमारहरुले तरवारका साथै ठेकीमा गाइको दूध पनि लिएर आएका थिए । संयोगवस तुले रोहनीसंगको लडाइँमा आफू मारिने अवस्था आयो भने गाईको दूध मुखमा परोस् र परलोक सुधारियोस् भन्ने आशयले उनीहरुले दूध पनि संगै ल्याएका भन्ने कथन छ । तर लडाइँमा जव जेठा राजकुमारले तरबारले तुले रोहानीको शिर छेदन गरे ठेकीको दूध छचल्किएर तुले रोहनीको टाउकोको गिँडमा पर्यो । गोरखाली पक्षका सेना,कर्मचारी र त्यहाँ विभिन्न ठाउँबाट ल्याइएका तालुकदार,जिम्मुवाल,भद्रभलाद्मी र तुले रोहनी पक्षका सिपाही र लडाकुहरु पनि छक्कै परे ।
रोहानी मारिएपछि पाखापानी गाउँका स्थानीयहरुको सुरक्षा जोखिम बढ्यो । गोरखाली पक्षले त्यहाँका स्थानीयलाई खोजी खोजी मार्न थाल्यो । गोरखाली सैनिक र उसका पक्षका मानिसहरुले मनपरी गर्न थाले । गोरखाली पक्षबाट बँचेका व्यक्तिहरु भागे । धेरै पछि सम्म पनि गोरखाले पाखापानीमा निगरानी राखिरह्यो । भागेर अन्यत्र गएका मानिसहरुले गोरखाली पक्षको तारो बनिन्छ भनेर रोहानी थर नै परिवर्तन गरे । अहिले पनि पाखापानीमा मात्रै होइन देशै भरीका मगर समुदायमा रोहानी थर नभेटिएको इतिहाँसकार बानियाँले बताउनुभयो । यसरी तत्कालिन शासकको विरुद्ध विद्रोह गर्दा तुले रोहानी शहिद मात्रै बनेनन् मगर समुदायको एउटा थर नै लोप भएर गयो ।
कसरी सम्झन्छन् तुले रोहानीलाई पाखापानीवासी
तुले रोहानी मारिएको १८० वर्ष भैसकेको छ । पाखापानीका सवैभन्दा जेठा व्यक्ति हर्कदेउ पूर्जा ९९०० हुन् । पूर्जाले आफ्ना बुबा सकबहादुर पूर्जाबाट पाएको जानकारी अनुसार तुले रोहानी हठी स्वभावका अरिगाँठे शरीर भएका २२ देखि ३० वर्ष भित्रका होंचो कद र स्यामवर्णका थिए । अन्याय नसहने र कसैसंग नडराउने उनी त्यतिबेलाका पात्लेखेत र झीँ गाउँमा रहेका भलाद्मीहरुलाई मन पराउदैनथे । ती गाउँका गन्यमान्य भनिएका जिमुवाल,मुखिया वा गोरखा राज्यका अन्य कारिन्दाहरु सधैं रोहानीलाई दुःख दिइरहन्थे ।
हर्कदेउ पूर्जा भन्छन् “मैले सुने अनुसार तुले पाइजा ९तुलु राजा० ले पाखापानीमा शासन नै गर्न पाएनन् । राजा बनेको केही समयमा नै उनी गोरखे सरकारबाट मारिए ।” पूर्जाको विश्वास छ,“आफ्ना गाउँले माथि भएको अन्याय सहन नसकेर गोरखे सरकारसंग लढ्ने तुुलु राजाले राज्य गर्न पाएको भए पक्कै पनि जनतालाई सुख दिन्थ्यो होला ।” त्यसैगरी कोटगाउँका ७२ वर्षिय गौबहादुर शेरबुजाले सुने अनुसार तुले रोहानी क्रुर,रिसाहा र बलिया थिए । “डाँकोको भरमा गाउँलेलाई कजाउन सक्थे रे । अन्याय पनि नगर्ने र नसहने उनको बानी थियो भन्ने सुनेको हो” शेरबुजाले भने ।
कोटगाउँकै अर्का स्थानीय दलप्रसाद शेरपुंजाले सेवा र सुन्दर दुई भाइ भएका र सोलीडोली चलाउनका लागि भाइ सुन्दरलाई पाइजा थर दिई कोटगाउँबाट पाखापानी पठाएको र तुले रोहानी ९पाइजा० पनि सुन्दरकै आठ पुस्ते सन्तति भएको जानकारी दिए । उनले भने “लिखित इतिहाँस केही पनि छैन,सुनेकै भरमा थाहा पाउने हो, हामीले सुने अनुसार त तुले पाइजा गोरखाली सेनाबाट मारिएका हुन् ।”
लखन थापा र तुले रोहानी (पाइजा) को समान उद्धेश्य
विसं १८९१ सालमा गोरखा जिल्लाको साविकको बुकोट गाविस वडा नं ४ हालको शहिद लखन गाउँपालिका वडा नं ७ काहुले भंगार भन्ने ठाउँमा जन्मिएका लखन थापा विसं १९११ मा पुख्र्यौली मगर पल्टन ९गोरख पल्टन० मा भर्ति भएका थिए । त्यतिबेला नेपालमा राणा शासन थियो । टेकबहादुर खत्रीद्धारा लिखित नेपालको सैनिक इतिहास नामक पुस्तकमा उल्लेख भए अनुसार भारतमा अंग्रेसको उपनिवेश कायमै थियो । नेपालका जंगबहादुर राणाले भारतमा स्वाधिन भारतका विरोधी अंग्रेजहरुलाई साथ दिए ।यो कुरा लखन थापालाई मन परेन । उनले जंगबहादुरले नेपाल म्लेच्छ ९अंग्रेज०लाई बेच्यो भनि विसं १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई सेनाको जागिर छोडेर गोर्खाको बुकोट काउले भंगारामा गए । त्यहाँ उनले राणा विरोधी संगठन बनाइ जंगबहादुरको विरुद्धमा विद्रोह शुरु गरे ।
विसं १९३२ सालमा जंगबहादुरको शासन विरुद्ध एकताबद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो । जंगबहादुर राणाले यो कुरा थाहा पाएपछि देविदत्त पल्टनका सैनिकहरु गोरखामा पठाए । देविदत्त पल्टन र लखन थापाको नेतृत्वको बिद्रोही सेना बीच भिडन्त भयो । विसं १९३३ फागुन २ गते उनलाई झुड्याएर मारियो । थापा र रोहानी दुवैको उद्धेश्य राज्य विरुद्धको विद्रोह नै थियो । तर, लखन थापालाई नेपालकै पहिलो शहिद घोषणा गरेर प्रजातान्त्रिक सरकारले सम्मान दियो भने सोही उद्धेश्यका साथ बलिदानी दिएका रोहानीलाई वेवास्ता गर्यो ।
पर्वत इतिहाँका जानकार बानियाँका अनुसार नेपालको इतिहासमा राज्य विरुद्ध विद्रोह र विप्लवको आवाज बुलन्द गर्ने तुले रोहानी नै प्रथम व्यक्तित्व हुन् । तुलेको विद्रोहमा त्यतिबेलाको समाजको राज्य व्यवस्थाप्रतिको असन्तुष्टी अभिव्यक्त भएको हो भनेर नमान्नु अन्याय ठहर्छ ।
१८४३ मा भयो पर्वत राज्यको अवसान
साहित्यकार तथा पर्वत राज्यका जानकार चन्द्रप्रकाश बानियाँका अनुसार आज भन्दा सवा दुई सय वर्ष अगाडि बेनी बजारमा एउटा भयङ्कर रक्तरञ्जित काण्ड भएको थियो । वि।सं। १८४३ असोज ४ गतेका दिन पाल्पा र गोर्खाको संयुक्त फौजले पूर्व र दक्षिण दिशाबाट एकै साथ पर्वतको राजधानी शहर बेनीमा आक्रमण ग¥यो । दश दिनसम्म भिषण युद्ध चल्यो । धर्मशास्त्रले हिँसा निषिद्ध गरेको पितृ पक्ष ९सोह्र श्राद्ध० को बेलामा बेनीको पावन भूमिमा रक्तपात मच्चियो । सयौं मानिसहरुको ज्यान गयो । दर्जनौ पर्वते भाइर्, भारदार र योद्धाहरु खोजी खोजी गिँडिए ।
धन सम्पत्तिमा लखनौ लुट मच्चाइयो । गोर्खाले लडाईँ जित्यो । पर्वतले युद्ध हारेको मात्रै होइन, तीनसय वर्षको गौरवमय इतिहासको पटाक्षप भयो । पर्वत मौलो ढल्यो । समालवंशी राजवंश विस्थापित भयो । पर्वतको स्वतन्त्र अस्तित्व समाप्त भयो । विश्व मानचित्रबाट एउटा समृद्ध राज्यको सीमा सदाका लागि मेटियो । दश दिन लामो भिषण युद्धपछि वि।सं। १८४३ आश्विन १४ गते पर्वत राज्य गोर्खामा विलयको घोषणा भयो । बेनीस्थित पर्वत राजप्रासादामा गोर्खाली झण्डा गाडियो ।
त्यही कथित मदन पुरस्कार पाउने चन्द्र प्रकाश बानियाँले हैन म्याग्दी मा मगर भासा बोल्दैन थिए बोल्ने थिए भने राणा हरुले कसरी मगर भासा लोप गरायो तर किन छन्त्याल भासा लोप गराउन सकेन?भनेर दिगभ्रमित कुप्रस्न गर्ने?अहिले कसरी इतिहास बङ्याउन खोज्दैछ?पाइजा लाई रोहिया भनेर कुन पितृले सिकायो?