कोरोना संक्रमणबाट काठमाण्डौमा एक म्याग्देलीको निधन
- १७ आश्विन २०७७, शनिबार
- 1737 पटक पढिएको
म्याग्दी १७ असोज । कोरोना भाइरसको संक्रमणबाट काठमाण्डौमा बसोबास गर्नुहुने एक म्याग्देलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवती घर भइ काठमाण्डौ बस्नुहुने ६९ बर्षिय पुरूषकाे निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । काठमाण्डौ मेडिसीटि अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा शनिवार निधन भएको हाे ।