सहमति कार्यान्वयन नभएपछि स्थानीयले रघुगंगा हाइड्रो कार्यालयमा तालाबन्दी
- ३२ श्रावण २०७७, आईतवार
- 975 पटक पढिएको
म्याग्दी, ३२ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणधिन ४० मेगावाटको रघुगंगा हाइड्रो पावरमास्थानीयले तालाबन्दी गरेका छन् । रघुगंगा हाइड्रो पावर निर्माण कम्पनीले स्थानीयले गरेको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेपछि तालाबन्दी गरेका हुन् ।
सुरुङमार्ग निर्माण गर्दा जोखिममा परेको बस्तीलाई संरक्षण तथा स्थानान्तरण साचो नदेखाएपछि स्थानीयले निमाणधिन हाईड्राको स्थानीयले तालाबन्दी गर्ने अवस्थामा पुगेका हुन् । स्थानीयले रघुगंगा माविको खेलमैदान मर्मत, सामुदायिक बन संरक्षण, स्थानीयलाई रोजगार तथा बस्ती स्थान्तारण लगायतको क्षेत्रमा स्थानीयसंग भएको सम्झौता कार्यान्वयन र जनताको मागप्रति बेवास्ता गरेपछि तालाबन्दी गरिएको स्थानीयबासी सुर्दशन रिजालले बताए ।
निर्माधिन हाईड्रो पावरले जथाभावि रुपमा सडक खन्ने र सम्झौता अनुसार स्तरोन्नती नगर्ने र स्थानीय प्रभावित युवाहरुलाई रोजगार दिलाउने सम्वन्धमा बारम्बार जानकारी गराउदाँ पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि तालाबन्दी गरिएको स्थानीयले जानकारी दिए ।
४० मेगावाट जलविधुत आयोजनामा नेपाल बिधुत प्राधिकरणको ३ अर्ब र भारतिय एक्जिम ब्यान्क को ६ अर्ब ऋण गरि कुल ९ अर्ब लागतमा ४० मेगावाट बिधुत उत्पादन गर्ने लक्षसहित काम अघि बढीरहेको छ । २०२३ को जनवरीमा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिन्छ ।