गौश्वाराका युवाहरूद्धारा मराङका बाढी पीडितलाई सहयोग

  • १९ श्रावण २०७७, सोमबार
  • 1917 पटक पढिएको

म्याग्दी, १९ साउन । बेनि नगरपालिका २ गौंस्वाराका युवाहरु मिलेर धौलागिरि गाउँपालिका–६ मराङका बाढीपीडितलाई १५ हजार आर्थिक सहयोग गरेका छन् । लोक गायक हर्क खड्काको नेतृत्वमा गाउँका युवाहरु मिलेर गौँश्वारामा घरदैलो गरि संकलन गरिएको सो रकम धौलागिरी गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा सहयोग गरिएको छ ।


खडकाद्धारा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र योजना अधिकृत कृष्ण सुबेदिलाइ हस्तान्तरण गरेका थिए । गत असार २५ गते राति अविरल वर्षा सहित आएको बाढी र पहिरोले धौलागिरी गाउँपालिकाको मराङ, ताकम, धारापानी लगाएतका क्षेत्रमा क्षति प¥याएको थियो ।

पहिरोले घरपरिवार गुमाएका पीडितको राहतका लागि युवाहरु मिलेर गाउँमा घरदैलोबाट आर्थिक संकलन गरिएको उनले बताए । सहयोग संकलन अभियानमा अस्ट्रेलियामा रहेका अमृत सापकोटा र जापानमा रहेका राज कुमार कार्कीले सहयोग गरेका थिए ।

सहयोग रकम बुझ्दै उपाध्यक्ष छन्त्यालले पहिरो प्रभावितका लागि गौंस्वाराका युवाहरुले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । धौलागिरी गाउँपालिकाले पहिरो प्रभाबितहरुको राहत तथा पुनस्थापनाका लागि देश बिदेशमा सहयोग संकलन अभियान चलाइरहेको छ । अभियाना विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग रकम प्राप्त भैरहेको अधिकृत सुबेदिले जानकारी गराए ।