इन्द्रेणी र ओमकुमारी शान्तिकोषले उपचारत विरामीलाई आर्थिक सहयोग

  • ३१ असार २०७७, बुधबार
  • 1517 पटक पढिएको

म्याग्दी, ३१ असार । विम र मराङका बाढी र पहिरो पीडितलाई सहयोग गर्न आएको इन्द्रेणी टिम र ओमकुमारी शान्ति कोषले उपचारत विरामीलाई आर्थिक सहयोग गरेका छन् ।
करेण्ट लागेर दुवै हात गुमाएका मंगला गाउँपालिका– २ बावियाँचौरका खिम पुनलाई ओमकुमारी शान्तिकोषबाट ४० हजार, पोर्चुगलमा रहेका यामलाल पौडेललको संयोजनमा संकलित रकम ७० हजार र ईन्द्रेणीका संचालक कृष्ण कँडेलले १० हजार आर्थिक सहयोग गरेका थिए ।


ओमकुमारी शान्तिकोषको कार्यालयमा भएको कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र इन्दे्रणी टिमका संचालक कृष्ण कडेलद्धारा सो सहयोग दुवै हात गुमाएका पुनलाई थप उपचारका लागि सहयोग हस्तान्तरण गरेका हुन् ।


मानव तिर्थस्थलको रुपमा परिचित इन्द्रेणी टिमले विभिन्न रोग ग्रसित उपचारका लागि आर्थिक सहयोगको अपेक्षामा रहेका धौवलागिरि गाउँपालिका–४ मुदीका खगेन्द्र हमाल, मंगला गाउँपालिका–१ कुहँकी कोपिला पुन, बेनी नगरपालिका–५ का डेगनाथ शर्मा र ओमकुमारी शान्ति कोषको लागि प्रतिदर १० हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको थियो ।


इन्द्रेणीले मराङ र विमका बाढी पहिरो पिडितलाई स्थलगत रुपमा पुगेर १० लाख भन्दा बढी आर्थिक सहयोग गरेर फर्किएको छ । इन्द्रेणीको कडेल परोपकारी संस्थाको प्रशंसा गर्दै सबै मिलेर दुखी, पीडित र विरामीलाई उपचार गर्नुपर्ने बताए थिए ।


त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले एकताबद्ध क्षति ग्रस्त क्षेत्र मराङ र विमका पहिरो पीडित र विस्थापित परिवालाई सहयोग आवश्यक रहेको बताए । संस्थाका सहसचिव सन्दिप खत्रीको कार्यक्रम संचालन गरेका थिए ।