कालीगण्डकी नदीमा टिप्पर खस्दा चालक बेपत्ता
- ३१ असार २०७७, बुधबार
- 961 पटक पढिएको
म्याग्दी, ३१ असार । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ गुइठेभिरबाट मंगलबार कालीगण्डकी नदीमा टिपर खस्दा चालक वेपत्ता भएका छन्।
गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो।
टिपरसहित कालीगण्डकीमा बेपत्ता भएका चालक म्याग्दीको मंगला गाउपालिका– ५ छिसबाङका ज्ञानबहादुर पुन रहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताए।
कालीगण्डकी नदीको बहाफ उच्च हुदाँ बेपत्ता टिपर र चालकको खोजीमा समस्या छ, खोजीकार्य भईराखेको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ।
टिपर घारखोला जलविद्युत आयोजनाको निर्माणस्थलमा सामग्री ढुवानी गर्दै आएको थियो ।