एक जना कोरोना संक्रमित म्याग्दीमा थपिए

  • ३० असार २०७७, मंगलवार
  • 1204 पटक पढिएको

म्याग्दी ३० असार । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी बेनीस्थित क्यारेन्टायनमा बसेका उन्को असार २५ गते नमुना संकलन गरि पोखराको प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।


कुबेतबाट असार १८ गते म्याग्दी आएका मालिका गाउँपालिका–७ का वर्ष २६ का १ जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो । हाल सम्म म्याग्दीबाट पिसिआरका लागि जम्मा ५६० वटा नमुना संकलन गरिएकोमा ५०० जनाको रिपोट आएको छ । ६० वटाको रिपोर्ट आउन बाकी रहेको छ ।

म्याग्दी जिल्लामा जम्मा संक्रमित संख्या २५ पुगेको छ भने १६ जना संक्रमित निको भएर घर जानू भएको छ। अन्य संक्रमित आईसोलेसनमा उपचारत रहेका छन् ।