घाईते उद्धारका लागि मराङमा पुग्यो हेलिकप्टरः २३ जना बेपत्ता १० जनाको शव भेटियो

  • २७ असार २०७७, शनिबार
  • धिरन खत्री
  • 1683 पटक पढिएको

म्याग्दी, २७ असार । जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा पहिरो र बाढीमा परेर घाईते भएकाको उद्धारका लागि प्रमु एयरको हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टर मराङमा पुगेको छ ।


बेपत्ताको खोजी भन्दा घाईतेहरुको उपचारका लागि उद्धार गर्न लागिएको मराङका वडाअध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । शुक्रबार खराव मौसमका कारण उद्दार टोली र नेपाली सेनाको हेलिकप्टर मराङमा पुग्न सकेको थिएन । शनिबार विहान दुई हेलिकप्टर राहतसंगै घाइतेको उद्धारका लागि सो स्थान गएको डिएसपी किरणजंग कुवरले जानकारी दिएका छन् । मराङस्थित राम्चेको पहिरो परेर घाईते भएका ४ जनाको उपचारका लागि हेलिकप्टर आएको वडाअध्यक्ष सुवेदीले जानकारी दिए ।

म्याग्दीमा बाढी पहिरोमा परेर ३४ जना बेपत्तामध्ये १० जना शव भेटिएको छ । मराङका वडाअध्यक्ष सुवेदीले स्थानीय सक्रियतामा २१ जना बेपत्तामध्य ९ जनाको शव भेटिएको छ, १२ जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् । क्षतिग्रस्त क्षेत्रका पीडित परियारलाई ताकम, राम्चेस्थित दलित सामुदायिक भवन र जनविकास आधारभूत विद्यालयमा राखिएको छ, स्थानीयको सहयोगमा खाना र बस्नको ब्यवस्था रहेको सुवेदीले जानकारी दिएका थिए । वडा अध्यक्ष सुवेदी जनप्रतिनिधि, सुरक्षाटोली र स्थानीयको सक्रियतामा बेपत्ताको खोजी गरिने समेत जानकारी दिए ।

त्यस्तै मालिका गाउँपालिका विममा ९ जना बेपत्ता रहेका छन्, बेपत्ताको खोजी कार्यको लागि जनप्रतिनिधि, उद्धार टोली र शनिबार विहान पुगेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिएका छन् । त्यस्तै मालिका गाउपालिका ६ दुखु खोलामा बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् ।

बाढीले बगाएर बेपत्ता रघुगंगा गापा–६ ठाडाखानीका ललिमान छन्त्यालको शव शुक्रबार नै फेला परेको थियो । बाढी र पहिरोमा परि विस्थापित भएका र पीडित परिवारको जिल्लामा रहेका राजनीतिक दल, स्थानीय तह, संघसस्था लगायतले राहत संकलन तथा पु¥याउने तयारी गरिहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l