साइप्रसमा मोना गठन, अध्यक्षमा लोकराज रोकामगर

  • २२ असार २०७७, सोमबार
  • 2173 पटक पढिएको

म्याग्दी, २२ असार । साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन गरिएको छ । लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सह–कोषाध्यक्षमा बालकुमारी पुर्जा रहेका छन् ।


सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका र जानीमा वि.क छन् । निकोसियामा दुरपति पुर्जा, पाफोसमा गंगा घर्ति, लिमिमासोलमा नवराज कडेल, पारालिमिस्ओममा कुमार पुर्जा, लार्नाकासमा बिरेन्द्र बुढाथोकीलाई सम्पर्क व्यक्तिको संयोजकको जिम्मेवारी तोकिएको छ।
अध्यक्ष मगरले साइप्रसमा रहेका नेपालीलाई मोना आवद्ध बनाएर संस्थालाई बलियो रुपमा अघि बढाउने योजना रहेको बताए ।