प्रदेशको पर्यटन गुरुयोजना निर्माण गर्न जिल्लास्तरको छलफल
- १८ असार २०७७, बिहीबार
- 876 पटक पढिएको
म्याग्दी, १८ असार । गण्डकी प्रदेशको पर्यटन गुरुयोजना नक्सा निर्माणका लागि बेनीमा दोस्रो जिल्लास्तरको छलफल गोष्ठि गरिएको छ । म्याग्दी, बागलुङ र मुस्ताङका जिसस प्रमुख, स्थानीय तहका प्रमुख र पर्यटन ब्यवसायिहरुको उपस्थितमा प्रदेशको गुरुयोजना निर्माणसम्वन्धी छलफल भएको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराले प्रदेशको गुरुयोजना निर्माणसम्वन्धी दोस्रो जिल्लास्तरीय गोष्ठीले पर्यटकीय क्षेत्रको अवस्था, विद्यमान पदमार्ग अवस्था, पदमार्गको पहिचान पर्यटन प्रवद्धन गर्न प्रदेश गुरुयोजनासहितको नक्साङ्कन निर्माणका लागि जिल्लास्तरकोे छलफल गरिएको परामर्श दाता योगेशपुर्ण श्रेष्ठले बताए ।
पर्यटन गुरुयोजनामा जिल्लामा रहेका पर्यटकीयस्थल समटेर विश्व, राष्ट्रिय, प्रदेशस्तर पर्यटकिय क्षेत्र घोषणासहित नक्साङ्कनको तयारी तिव्र रहेको मन्त्रायलका पर्यटन संयोजक जुद्धबहादुर गुरुङले जानकारी दिए ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले प्रदेशको पर्यटन विकास लागि पर्यटकीयस्थलको पहिचान, गुरुयोजनासहितको नक्साले पुर्वाधार विकाससंगै दिगो पर्यटन ब्यवसायबाट जिल्लाले राम्रो फाईदा लिन सकिने बताए ।
एक पर्यटकीय गन्तव्यले अर्को पर्यटकीय गन्तव्यको पुर्वाधार विकास, प्रचार र रोजगारी सिर्जना गर्न पर्यटन ब्यवसायका लागि होटल संचालन गर्न नक्साले सहज हुने पर्यटन ब्यवसायीको धारणा छ ।