म्याग्दीमा थप ६ जनामा कोरना पुष्टिः सक्रमित संख्या १४ पुग्यो

  • ११ असार २०७७, बिहीबार
  • 1365 पटक पढिएको

म्याग्दी, ११ असार । म्याग्दीमा थप ६ जना कोरना संक्रमित थपिएका छन् । बिहीबार बिहान गण्डकी प्रदेशकाे  स्वास्थ्य निर्देशनालयले  सार्वजनिक गरेकाे तथ्याकं  अनुसार म्याग्दीमा थप ६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।


संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकामा ४ पुरुष, बेनी नगरपालिकाकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो । भारतबाट आएर वोष्ट पोईन्ट माविमा क्वारेन्टाइनमा बसेका मंगला गाउँपालिका वडा नम्वर १ का ३५ र २० बर्षका पुरुष, सोही गाउँपालिकाका वडानम्वर ३ र ४ ठेगना भएका २६ र २३ बर्ष पुरुषमा कोरना पुष्टि भएको  छ । त्यस्तै बेनी नगरपालिका वडा नम्वर ४ ठेगना भएका १७ बर्षका  पुरुष र जेठ ३० गते कुवेतबाट आएकी बेनी नगरपालिका वडानम्वर ३ ठेगना भएकी २६ बर्षिय महिलामा कोरना पुष्टि भएको स्वास्थ्य कार्यालयमा निमित्त प्रमुख एकनारायाण लम्सालले जानकारी दिए ।
उनका अनुसार   हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ। भने संक्रमित २ जना निको भएर घर फर्किएका छन् ।

जिल्लामा हालसम्म २७० जनाको नमुना संकलन गरि पिसिआर जाँच गर्न पठाईएकोमा २३५ जनाको नतिजा आएको हो । त्यसमध्ये २१९ जनाको रिपोट नेगेटिभ आएको छ भने १६ वटाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय ले जानकारी गराएकाे छ ।  जिल्लामा ३६ वटाकाे रिपाेट अाउन बाँकी रहेकाे छ ।