बेनी नगरपालिको साढे ५८ करोड रुपैयाको बजेट नगरसभामा प्रस्तुत
- १० असार २०७७, बुधबार
- 1284 पटक पढिएको
म्याग्दी, १० असार । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ १९ करोड ४० लाख रुपैया रहेको छ । आन्तरिक आयतर्फ ४ करोड तीन लाख २५ हजार, वित्तिय समानिकरण अनुदानमा संघिय सरकारबाट १२ करोड ४ लाख, राजश्व बाँडफाँड अन्तरगत संघिय सरकारबाट आठ करोड ३ लाख १९ हजार २६४ रुपैया, विशेष अनुदानतर्फ १ करोड ३० लाख, समपुरक अनुदामा पुँजिगततर्फ १ करोड १२ लाख, संघिय सरकारबाट ससर्त अनुदानमा २८ करोड १२ लाख रुपैया बजेट रहेको छ । भने प्रदेश सरकार अन्तरगत ससर्त अनुदानतर्फ १ करोड रहेको छ।
त्सस्तै नगरपालिकाले बजेटअन्तरगतबाट आर्थिक विकासतर्फ १ करोड २५ लाख, सामाजिक विकासतर्फ १ करोड ८६ लाख, पुर्वाधारतर्फ ५ करोड १५ लाख, बन तथा विपद ब्यवस्थापन तर्फ ९० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३७ लाख विनियोजन गरेको छ । वडातर्फ १, ४, ६ र १० लाई प्रतिवडा ५५ लाख रुपैया दरले बजेट विनियोजन, २, ३, ५, र ९ लाई प्रतिवडा ६० लाखका दरले बजेट विनियोजन र वडानम्वर ७ र ८ लाई प्रतिवडा ५० लाखको दरले बजेट विनियोजन भएको उपमेयर बरुवालले प्रस्तुत नीति तथा बजेट कार्यक्रममा रहेको छ ।
मेयर हरिकुमार श्रेष्ठले नगरसभामा बुधबार प्रस्तुत नीति तथा कार्यक्रम र उपमेयरले प्रस्तुत बजेट यही असार १८ गते आयोजित नगरसभामा सदस्यहरुविच बृहत छलफलसहित संसोधनप्रश्चात पारित गरिने नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।