भू– संरक्षण कार्यालयद्धारा किसानलाई घाँसका विरुवा वितरण सुरु

  • १० असार २०७७, बुधबार
  • धिरन खत्री
  • 2535 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १० असार । म्याग्दीमा ब्यवसायिक रुपमा गाईभैँसी र बाख्रापालन गर्ने किसानहरुको लागि डाले घासँ सहज पुर्ति गराउन भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत अन्तरगत सम्पर्क कार्यालय म्याग्दीले विरुवा वितरण सुरु गरेको छ । सम्पर्क कार्यालय म्याग्दीले आठ लाख लगानी ‘भू– सरंक्षण नर्सरी संचालन गरेर २२ प्रजातिका १ लाख पाचँ हजार घासँ लगायतका विरुवा उत्पादन गरेको हो ।


म्याग्दीका ६ स्थानीय तहहरुमा ब्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुलाई सहज रुपमा घास पु¥याउन र भिरालो जमिनमा भूक्षय नियन्त्रणका लागि विरुवा उत्पादन गरेर निःशुुल्क रुपमा वितरण गरिएको कार्यालयका भू– संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताए ।


२२ प्रजातिका विरुवामध्ये कृषकको मागअनुसार ५० हजार विरुवा रायोखन्यु छ। नर्सरीमा निमारो, चाप, पल्की फलफूल, भटमासे, क्यासीमिया, लस्सी, सिसौ, धुपी लगायतको विरुवा रहेको मिश्रले बताए । उनले जिल्लामा घासँ लगायतको विरुवा रोप्न चाहने किसानहरुको लागि सदरमुकाम बेनी नजिक मंगलघाटमा रहेको कार्यालयमा सम्पक गर्न आग्रह गरेका छन् ।


जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादर केसी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नर्सरीको अवलोकन गर्दै बेनी नगरपालिकाका किसानलाई घासँका विरुवा वितरण गरेका थिए । घासँका विरुवा उत्पादनले ब्यवसायिक रुपमा गाइँभैसी र बाख्रापालन गर्ने किसानहरुलाई सहज रुपमा घासँ पु¥याउन विरुवा वितरणले सहयोग पुग्ने घारणा राखे ।

घासँका विरुवा लिदैँ बेनी नगरपालिका– ६ डम्मराका किसान नरमाया खत्री र दिपा खत्रीले बाझाँे खोल्साखोल्सीमा घासँका विरुवा रोपेर भैँसी र बाख्रालाई हिउँदमा सहज घासँ पुर्ति गराउने बताए ।
त्यस्तै मुस्ताङको मार्फामा नर्सरी संचालन गरेर भोटेपिपल लगायतको ३५ हजार विरुवा उत्पादन गरिएको बताए । सो विरुवा मुस्ताङबासीलाई वितरण गरिने बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l