म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत
- ५ असार २०७७, शुक्रबार
- 1996 पटक पढिएको
म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका दरले उक्त राहत वितरण गर्न लागिएको प्रा.लि.का अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
चैत ११ दे िखजारी लकडाउनले सार्वजनिक यातायात सेवा दिदै आएका व्यवसायिहरुको ब्यबसाय पुर्ण रुपले बन्द भएको र राज्यले समेत कुनै राहतको घोषणा नगरेको कारण प्रा.लि.ले राहत दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस अघि म्याग्दी जिप तथा बस सञ्चालन समिति हुँदै अहिले म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लि.मा १ सय वटा बस र ६० वटा जिप रहेका छन् ,