नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो

  • १ जेष्ठ २०७७, बिहीबार
  • 1025 पटक पढिएको

 

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो ।


भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।