नेपालमा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

  • १३ बैशाख २०७७, शनिबार
  • 1013 पटक पढिएको

वैशाख १३ । नेपालमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् ।


यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् । शुक्रबार नै झापामा एक जना कोरोना संक्रमित देखिएका छन् । झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

चैत ४ गते उनका छोरा दुबइबाट फर्किएका थिए । संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । अहिले सबैभन्दा बढी विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन् ।
स्रोत रातोपाटी डटकम