युवा व्यवासायी श्रेष्ठद्धारा जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

  • १३ बैशाख २०७७, शनिबार
  • 1723 पटक पढिएको

म्याग्दी, १३ वैशाख । म्याग्दीका एक युवा व्यवासायीले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर केन्द्रलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

बेनी नगरपालिका–७ संगमचोकमा भाँडा पसल सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रले कोरोना रोकथाम र नियन्त्रणमा सघाउन स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा सामाग्री (पिपीइ) निर्माण गरिरहेकाले सो कार्यमा प्रोत्साहन गर्नको लागि सहयोग गरेको बताउनुभयो ।

म्याग्देली बैज्ञानिक डा. महाविर पुनको अगुवाईमा स्थापना भएको सो आविस्कार केन्द्रलाई सो आर्थिक सहयोग मोबाइल बैंकीङ मार्फत उपलब्ध गराएको श्रेष्ठले बताउनुभयोे । राष्ट्रिय आविस्कार केन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि पिपिर्ई तथा अन्य सामागी्र निर्माण गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै सो अभियानलाई योगदान पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको उहाँको भनाई छ ।