बुबाको किरिया भेटाउन मुस्ताङदेखि बाँकेतर्फ लागेका मजदुरको मन छुने कहानी (भिडियो सहित)

‘भोकले खुट्टा लगलक काप्छ, पानि पिएरै भएपनि एकपटक घर पुग्नुछ’

  • ७ बैशाख २०७७, आईतवार
  • कमल खत्री
  • 2052 पटक पढिएको

कमल खत्री

म्याग्दी ७ वैशाख । बाँकेको कोहलपुर नगरपालिका– १२ निबुवाका ३६ बर्षिय रत्नबहादुर बुढा मजदुरीको शिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा विरामी थिए । दमका विरामी बुवाको उपचार खर्च जुटाउन साढे १ महिना अघि मुस्ताङतर्फ हानिएका बुढाले आफ्नो बुवाको अन्तिम पटक अनुहार समेत देख्न पाएनन् ।

वैशाख ३ गते घरमा बुवाको निधन भएको खवर आउँदा उनी मुस्ताङको घाँसामा अल्पत्र अबस्थामा थिए । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनले आवत–जावत बन्द भएको कारण बुढाले बुबाको अन्तिम संस्कार गर्न त पाएनन् नै बुबाको किरिया गर्नबाट समेत उनी बञ्चित भएका छन् ।

‘घरमा बुबाको निधन भएपछि आमालाई सान्त्वना दिने समेत कोही छैन्, पाँच भाई छोराहरुमध्ये घरमा एक भाई मात्रै छ, अरु दुई भाइ विदेश छन, दुई भाइ लकडाउनको कारण घर जान पाएका छैनौँ’’–उनले भने । बुबाको निधन भएको दिन कपाल फालेर नुन छाडेका उनले पानी पिएरै भएपनि एकपटक घर पुग्ने बताउछन् । लगडाउन खुल्छ र घर जाने योजना बनाएपनि खुल्ने अनिश्चित भएपछि पैदलै भएपनि घर जानुपर्छ भनेर निस्कीएको उनले बताए । नुन छाडेको र मुस्ताङदेखि बेनी सम्म पैदलै हिँडेर आएको कारण बुढाको शरीर कमजोर भएको छ । खुट्टा सुनिन थालेका छन भने शरीर कमजोरीले लगलक काँप्न थालेको छ ।

बुढासंग बाँकेकै ९ जना ज्याला मजदुरीको लागि गत फागुनमा मुस्ताङ पुगेका थिए । सडक, घर निर्माण लगायतका काममा ज्याला मजदुरी सुरु गरेको १० दिनमै लकडाउन भएपछि उनीहरुको रोजीरोटी खोसिएको थियो । रोजगारि गुमेपनि करिब एक महिना जेनतेन दिन विताएपनि खाने बस्ने आधार नै नभएपछि अन्नत आफ्नै घर जाने निधो गरेर यात्रा सुरु गरेको अर्का मजदुर धनबहादुर सुनारले बताए ।
                                               ‘नाम टिपे राहत दिएनन्’

काम रोकिएपछि नै आफुहरु बिचल्लीमा परेको ६० बर्षिय मजदुर खिरे दमैले बताए । ‘घरखर्च जुटाउँनै प¥यो, काम नगरि खान नपुग्ने हामी अभागी, कोरोनाको रोगभन्दा भोकको चिन्ता भयो, बरु पानि पिएर घर पुग्ने निधो गरेका छौँ’’–उनले भने । काम छाडेर बसेपछि पटक पटक नाम टिपोट गरि लगेपनि कसैले खानेकुरा नदिएको र आफुहरुसंग पैसा नभएपछि भोकै बस्नुपर्ने बाध्यता आएपछि आफ्नो सामान बोकेर हिड्नुपरेको उनको भनाई छ । शनिवार दिउँसो घाँसाबाट हिडेका उनीहरु राति करिब ११ बजे म्याग्दीको गलेश्वरमा आइपुगेका थिए ।

त्यहाँ प्रहरीले रोकेपछि उनीहरु प्रहरी परिसरमै खुला ठाउँमा रात विताएका थिए । शनिवारदेखि विहानदेखि आइतवार विहान ११ बजेसम्म पनि खाना नखाएका उनीहरुलाई युवा ब्यबसायि बालकृष्ण खत्री र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको पहलमा खाना खुवाईएको थियो ।
                                                  उद्धारमा युवाहरुको सक्रियता
बेनीमा आएर अल्पत्र परेका मजदुरहरुको उद्धार गरि कास्की सम्म पु¥याइएको छ । जलजला गाउँपालिकाको पर्वत बेनीका युवाहरुको सक्रियतामा म्याग्दी र पर्वतका जिल्ला प्रशासन कार्यालयको मौखिक अनुमतिमा उनीहरुलाई बेनीबाट निजि सवारीमा कास्कीको नयाँपुल सम्म पु¥याईएको हो । मुस्ताङबाट आएका बाँकेका ९ जना र म्याग्दीमा माजदुरी गर्ने दाङका एक जनालाई उनीहरुको घर जाने यात्रा सहजताको लागि प्रहरी प्रशासनको अनुमतीमा नयाँपुलसम्म पु¥याएको पर्वत वेनीका युवा व्यवसायि विक्रम सुवेदीले बताए ।

लकडाउनमा एक ठाउँबाट अर्को ठाउँमा जान आउन रोक लगाईएको भएपनि उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउनको लागि आबश्यक सहयोगको लागि कास्की प्रशासनसंग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘‘ जिल्लाभित्रैका मजदुरहरुको समस्या समाधानमा सकस भएको छ, मुस्ताङबाट आएका उनीहरु असंठीत क्षेत्रका मजदुर रहेछन्, कास्कीको सिमाना सम्म युवाहरुले पु¥याएकाछन’’–प्रजिअ ढकालले भने । बेनीदेखि सवारीमा नयाँपुल सम्म पु¥याइएका मजदुरहरु त्यहाँबाट भने पैदलै अघि बढेका छन् । उनीहरुलाई गन्तव्यमा पु¥याउनका लागि गण्डकी प्रदेश सरकारमा समेत पहल थालिएको सामाजिक विकास मन्त्री नरदेवी पुनका निजी सचिबालयका प्रकाश पौडेलले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l