बेनी नगरपालिकाको गुरुयोजना तयार गरि अघि बढ्छुः नवनिर्वाचित मेयर श्रेष्ठ

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 3834 पटक पढिएको

म्याग्दी, ४ जेठ । बेनी नगरपालीकाको प्रमुख सहित म्याग्दीका चार वटा स्थानीय तहको प्रमुख पदमा जित हाँसील गरेको नेपाली काँग्रेसले बिहीबार बिजयउत्सव मनाएको छ । बेनी बजारमा बिजयी उमेद्वारहरु सहितको ¥याली र आमसभा आयोजना गरेको काँग्रेसले बिजयउत्सव मार्फत मतदातालाई धन्यवादहरुलाई धन्यवाद दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद अर्जुनप्रसाद जोशीले काँग्रेसको जितसंगै विकासले गति लिने र जनताको अपेक्षा पुरा गर्ने बताउनुभयो ।

सांसद रेशमबहादुर बानियाले मतदातालाई धन्यवाद दिदै चुनावी तालमेलका क्रममा माओवादी केन्द्रसंग भएको सम्झौता कार्यान्वयन र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । बेनी नगरपालीकाको प्रमुखमा निर्वाचित हुनुभएका हरिकुमार श्रेष्ठले नगरपालीकाको विकासका लागि गुरुयोजना तयार पारेर अल्पकालीन र दिर्घकालीन महत्वका योजनाहरु अघि बढाउने बताउनुभयो । रघुगंगा गाउँपालीकाको अध्यक्षमा निर्वाचित भवबहादुर भण्डारीले गाउँपालीकाको केन्द्र अपायक पर्ने ठाउँमा भएकाले स्थानीय तह थप र बिवाद समाधानका लागि पहल गर्ने प्रतिवद्धता कार्यान्वयनसंगै रघुगंगाको पुर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक र आर्थिक विकासमा अघि बढ्ने बताउनुभयो ।

मालीका गाउँपालीकाको अध्यक्षमा निर्वाचित श्रीप्रसाद रोकाले पार्टीले दिएको अवसर र जनताको विश्वास पुरा गर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका नेता चिरञ्जिवी पौडेल, डाक्टर भुपेन्द्र खड्का, माधवप्रसाद रेग्मी, नेत्र महत, बिमला गौचन, अजयमिलन श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । जिल्ला सभापति खम्बिर गर्बुजाको अध्यक्षता, सचिव मिनबहादुर कार्कीको सञ्चालन र नगर सभापती अनोद श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । उता अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा समेत नेपाली काँग्रेसले बिजयउत्सव मनाएको छ ।
बिजयउत्सव सभालाई सम्बोधन गर्दै गाउँपालीकाको अध्यक्षमा निर्वाचित डमबहादुर पुन र उपाध्यक्ष केशमाया मगरले प्राकृतिक स्रोत साधनलाई परिचालन गरेर अन्नपूर्ण गाउँपालीकाको समग्र विकास गर्ने र सम्बृद्ध बनाउने बताउनुभयो । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको उमेद्वार दुई वटा गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष, बेनी नगरपालीकाको प्रमुख र मालीका गाउँपालीकाको अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी जिल्लाको ४५ मध्य काँग्रेसका १५, एमालेका २२, माओवादी केन्द्रका ५ र दुई वडामा स्वतन्त्र उमेद्वार निर्वाचित भएका छन् ।