म्याग्दीबाट १३० जनामा ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ

  • ३ बैशाख २०७७, बुधबार
  • 1732 पटक पढिएको

म्याग्दी ३ वैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट) मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको ¥यापिड टेष्ट गरिएको हो ।


६ वटै स्थानीय तहमा सञ्चालन गरिएको ¥यापिड टेष्ट मा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । अहिलेसम्म म्याग्दीबाट पठाईएको ११ जनाको स्वाब परिक्षणको रिपोर्ट समेत नेगेटिभ नै आएको छ । बुधवार रघुगंगा गाउँपालिकामा ३९ जनामा र बेनी अस्पतालमा समेत १ जनाको ¥यापिड टेष्ट गरिएको थियो भने सबै जनाको रिपोर्ट नेगेटिभ नै आएको कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

बुधवार रघुगंगाबाट २ जना र बेनी अस्पतालबाट एक जनाको स्वाब परिक्षणको लागि नमुना संकलन गरिएको छ । ¥यापिड टेष्ट अन्र्तगत बेनी नगरपालिकाबाट ३५ जना, मालिका गाउँपालिकाबाट १२ जना, धवलागिरीबाट ७ जना, मंगलाबाटबाट २६ जना, अन्नपूर्णबाट १० जना र रघुगंगाबाट ३९ जनाको परिक्षण गरिएको थियो । सम्भावित अबस्थालाई मध्यनजर गर्दै अभियानमा छुटेकाहरुलाई समेत ¥यापिड टेष्टमा सहभागी गराईने स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छैन् । कोरोना रोकथाम र नियन्त्रणको लागि जिल्लामा लकडाउनलाई समेत कडाई गरिएको छ ।