भिषण असिनापानी र बाढीले रघुगंगामा वितण्डाः लाखौँको नोक्सानी (भिडियो सहित)
- २ बैशाख २०७७, मंगलवार
- 2679 पटक पढिएको
कमल खत्री
म्याग्दी २ बैशाख । नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।
असिना पानीसंगै आएको बाढीको कारण भगवतीको जैसिखोर क्षेत्रमा केहि घरहरुमा समेत क्षति पु¥याएको छ । मध्यरातमा बस्तीतर्फ पसेको बाढीको कारण स्थानीय डोलेन्द्र रिजालको घरमा ठुलो क्षति पु¥याएको हो । आँगनमा स्याङ पारेर घरको जगतर्फ बाढी पस्दा दुई तले घरको ठाउँ ठाउँमा चिरा परेर चर्किएको छ भने केहि भाग भासिएको घरधनी रिजालले बताउनुभयो ।
‘‘ मध्यरातमा बाढी आयो, घरका पर्खाल चर्किएको छ, केहि भाग भासिएको पनि छ, यस्तै अबस्थामा घरभित्र बस्न जोखिम छ, अब पुननिर्माण नै गर्नुपर्छ ’’– रिजालले भन्नुभयो । बाढीले गोकर्ण परियारको घरमा क्षति क्षति पु¥याएको छ भने नरसिंह खत्रीको कुखुराको खोर भत्कने अबस्थामा पुगेको छ । १ सय बढी घरमा बाढी पसेपनि ४२ घरधुरीमा बाढीले आंसिक रुपमा क्षति पु¥याएको वडा कार्यालयले जनाएको छ ।
भगवतीको जैसीखोर संगै धुपिचौर, साझापानी, ठुलधरा, रिसिनचौतारी, बरखर्क, ओखरबोट, थापाटोल, रुइसेटोल लगायतका क्षेत्रका घरहरुमा बाढी पसेको थियो । अधिकाँश घरमा बाढी पसेपछि भण्डारण गरि राखिएको धान, कोदो,मकै लगायतका अन्न र घरभित्रका सामानहरु समेत भिजेर क्षति पुगेको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो ।
मध्यरातमा परेको असिनापानीले बेग, भगवती, पिप्ले, मौवाफाँट, कलेजाबाङ, फुलवारी, दग्नाम लगायतका क्षेत्रमा गरिएको हिउँदेबालीमा ठुलो क्षति पु¥याएको छ । असिनाले सुन्तला लगायतका फलफुल खेतिलाई समेत पूर्ण रुपमा क्षति पु¥याएको रघुगंगा–३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले बताउनुभयो । असिना पानी र बाढीले पु¥याएको क्षतिको विवरण संकलन गर्न सुरु गरिसकिएको छ । वडा स्तरबाट जनप्रतिनिधि मार्फत विवरण संकलन सुरु भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो ।
‘‘ अन्नबालि र फलफुल खेतीमा ६० प्रतिशत बढी नोक्सानी भएको पाईएको छ, बाढीले निम्त्याएको क्षतिलाई स्थलगत रुपमा अवलोकन गरेका छौँ, थप सम्भावित जोखिम हुन नदिन बाढीलाई नियन्त्रण र रोकथामका कार्यहरु सुरु गछौँ’’– अध्यक्ष भण्डारीले भन्नुभयो । यसैबिच भगवती क्षेत्रमा बाढी र असिना पानिले पु¥याएको क्षतिको अबस्थाबारे जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष कटुवाल,गाउँपालिकाको विपद ब्यबस्थापन समितिका संयोजक गमान छन्त्याल लगायतको टोलीले स्थलगत रुपमै अवलोकन गरि अबस्थाबारे जानकारी लिनुभएको छ ।
बाढीले ग्रामीण सडक समेत अबरुद्ध बनाएको छ । पिप्ले– भगवती सकड हूँदै आएको बाढी पसेर पिप्लेको एकघरेदेखि गैरीगाउँ जाने सडक पूर्ण रुपमा क्षति भएको छ भने बस्ती समेत बाढीको जोखिममा परेको छ । असिनापानीले मालिका गाउँपालिकाको बिम, दुखु लगायतका क्षेत्रमा समेत क्षति पु¥याएको छ ।