नयाँ बर्षको मध्यरातमा भिषण असिनापानी र बाढी, ठुलो नोक्सानी ( तस्बिर सहित)

  • २ बैशाख २०७७, मंगलवार
  • 2435 पटक पढिएको

म्याग्दी २ बैशाख । नयाँ बर्ष २०७७ साल बैशाख १ गते मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको २ वडा भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।

असिना पानीसंगै आएको बाढीको कारण भगवतीको जैसिखोर क्षेत्रमा केहि घरहरुमा समेत क्षति पु¥याएको छ । अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुट्नुभएको छ । अन्य क्षेत्रमा समेत भएको क्षतिको विवरण संकलन भैरहेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल नेतृत्वको टोली समेत त्यसतर्फ जाने तयारीमा रहेको बुझिएको छ । त्यसैगरि मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिना पानीले गौँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा अध्यक्ष रेशम जुग्जाली(सुविन)ले जानकारी दिनुभयो ।  
तस्बीर ः हरि भण्डारी/ गुन पुन