मंगलाको ¥यापिड टेष्टमा २६ जनाकै रिपोर्ट नेगेटिभ, धवलागिरिबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ

  • १ बैशाख २०७७, सोमबार
  • 1770 पटक पढिएको

म्याग्दी १ बैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सुरु गरिएको दु्रत परिक्षण (¥यापिड टेष्ट) अभियान अन्र्तगत मंगला  गाउँपािलकामा गरिएको २६ जनाको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको धमाधम ¥यापिड टेष्ट गर्न लागिएको हो ।


मंगलामा क्वारेनटाइनमा बसेकाहरु समेतको गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । यसैबिच धवलागिरि गाउँपालिका–७ धारापानीकी हालै प्रवासबाट आउनुभएकी एक बृद्धाको स्वाब परिक्षणको रिपोर्ट समेत नेगेटिभ आएको छ । आईतवार जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट थियो ।

मालिकाका १२ र धवलागिरीका ७ जनाको ¥यापिड टेष्ट गरिएको थियो त्यसअघ शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लाको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा समेत ¥यापिड टेष्ट गरिने जनाईएको छ । म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छैन् । कोरोना रोकथाम र नियन्त्रणको लागि जिल्लामा लकडाउनलाई समेत कडाई गरिएको छ ।