जलजला गाउँपालिकामा कालोपत्रे सुरु
- ९ चैत्र २०७६, आईतवार
- 1754 पटक पढिएको
म्याग्दी, ९ चैत । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भेगका जनतालाई यातायात सेवालाई सहज बनाउन सडक कालोपत्रे सुरु गरिएको छ । गाउँपालिकाको वडानम्वर चार अन्तरगत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्रावेल काम सुरु गरेको हो ।
यस बर्ष गाउँपालिकाले १करोड ६८ लाख ५५ हजार रुपैयाको ठेक्का माच्छापुच्छे निर्माण सेवासंग सम्झौता गर्दै ३ सय २० मिटर सडक कालोपत्रे, ३ सय २० मिटर ढलान, ५२५ मिटर ग्रावेल, जोखिम घरहरु जोगाउन ग्याविङ पर्खाल कामलाई असारसम्म निर्माण सम्पन्न लक्षसहित तिव्रता दिएको जलजला गाउँपालिका सव–इन्जियिर जेपी चौधरीले बताए ।
गाउँपालिकाले वडा नम्वर १, २, ३ र ४ वडाका बासीलाई बर्खायाममा सहज यातायात सेवा पु¥याउन लगातर तिनवर्ष यो सडकलाई स्तरोन्नतीमा जोड दिएको छ। २०७४ सालमा सडक फराकिलो बनाउन ५० लाख र गतबर्ष अप्ठेरो ठाउँमा ३ सय ८० मिटर सडक ढलानकालागि बजेट विनियोजन गरेको ईन्जिनियर चौधरीले जानकारी दिए ।
माझफाटँ, मल्लाज, फड्केढुंगा लगायतको ठुलोबस्तीलाइ बाह्यमासे सेवा प्राप्त गर्न यो सडक दिगोसंगै भरपर्दो रहेको स्थानीयबासी इन्द्र मगरले बताए । गाउँपालिकाले बर्षैपिच्छे थोरै बजेट विनियोजन गरेर काम गर्नुभन्दा प्रदेश र संघसंग समन्वय गरेर दिगो रुपमा मोहन चोकदेखि फड्के ढुंगा हुदै मल्लाजसम्म कालोपत्रे काम गाउँपालिकाले योजनाबद्ध रुपमा गर्नुपर्ने स्थानीयको माग छ ।