कोरोनाबाट जोगिन व्यक्तिगत सतर्कता नै उत्तमः स्वास्थ्यकर्मी (भिडियो सहित)
- ८ चैत्र २०७६, शनिबार
- 1307 पटक पढिएको
म्याग्दी ८ चैत । विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाईरसबाट जोगिन व्यक्तिगत सतर्कतना नै उत्तम रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । म्याग्दीको बेनी अस्पतालमा कार्यरत डाक्टर मनोज घिमिरेले सरकारले ल्याएको पूर्वसतर्कताको योजनाहरुलाई सबैले पालना गर्ने र सम्भावित खतरा र संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने बताउनुभयो ।
उहाँले भिडभाडमा नजाने, अत्याबश्यक बाहेक अस्पताल लगायतका मानिसहरुको बढी आवत जावत हुने स्थानमा नजानुनै उत्तम हुने बताउनुभयो । त्यस्तै अर्का डाक्टर प्रयुस अर्यालले ज्वरो आउने, शरिर दुख्ने, खोकी लाग्ने र स्वास फेर्न कठिनाई हुने मुख्य लक्षण भएकाले बाहिरबाट आउने र सम्भावित जोखिमयुक्त क्षेत्रमा गएर आएका व्यक्तिहरुसंगको घुलमिल भएको अबस्थामा यस्ता लक्षण देखिएमा अस्पतालमा आएर स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो ।
सामान्य ज्वरो, रुघखोकी लागेकै अबस्थामा मात्रै त्रसित हुनुनपर्ने बताउँदै उहाँले संक्रमित भएका व्यक्ति र कोरोनाको संक्रमण फैलिएको स्थानबाट आएका व्यक्तिहरुसंगको घुलमिल भएको र उक्त लक्षण देखिएको अबस्थामा मात्रै स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो ।