म्याग्दीमा ९ हजार जना भन्दा बढी बाललबालिकालाई दादुरा– रुबेला खोप लगाईने
- ८ चैत्र २०७६, शनिबार
- 2566 पटक पढिएको
म्याग्दी, ८ चैत । म्याग्दीमा नौँहजार भन्दा बढी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाईने छ । स्वास्थ्य कार्यालय म्याग्दीले दादुरा– रुबेला खोप अभियान अन्तरगत चैत १० गतेदेखि ३० गतेसम्म नौँ महिनादेखि ५ बर्षसम्मका जिल्लामा रहेका ९ हजार ३५२ जना बालबालिकाहरुलाई खोप लगाउने भएको हो ।
५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रोगबाट बचाउन र सरुवा भाईरसलाई नियन्त्रण गर्नका लागि चैत १ गतेदेखि ३० गतेसम्म म्याग्दीसहित ४३ जिल्लामा ३७१ पालिकामा दादुरा खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले संचारकर्मीहरुसंगको अन्तरक्रियामा जानकारी दिए ।
म्याग्दीमा चैत १० देखि २१ गतेसम्म मंगला, मालिका र धौवलागिरि गाउँपालिका र चैत २१ गतेदखि ३० गतेसम्म बेनी नगरपालिकासहित अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा ७ सय ४० स्वयमसेवक २ सय स्वास्थ्यकमी परिचालन गरिएको छ। ३सय ६५ खोपकेन्द्रमा परिचालिचत स्वास्थ्य कर्मीलाई तालिम, सबै पालिका र वडामा अभिमुखिकरण र प्रचारप्रसारलाई तिव्रता दिईसकेको कार्यालयले जानकारी दिएको छ ।
बालमृत्युदर न्युनिकरण गर्नका लागि दादुरा–खोप अभियानलाई निरन्तरता दिएको छ । दादुरा र रुवेला खोप नलगाएमा आँखाको अन्धोपना, पखाला लाग्ने, कान पाक्ने, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण लगायतको समस्या देखिने कार्यालय प्रमुख लम्सालले बताए ।
२००२ बाट सुरु भएको खोप अभियानबाट बालबालिकाहरुमा मृत्युदर कमी, बिफर रोगको उन्मुलन, सन् २००५ देखि नवशिशु धुनष्टङ्गार रोग निवारण, सन २०१० देखि पोलियो रोग शून्य, सन् १०१८ मा रुवेला नियन्त्रण, दादुरा र रुबेला रोग निवारणतर्फ उन्मुख, बालबालिकामा हेपाटाईटिस वि नियन्त्रण, खोपद्धारा बचाउने रोगको कमी, पुर्ण खोप सुनिश्चितता घोषणा गर्न नेपाल सरकार सफल भएको जानकारी दिए ।
समुदायमा ब्यापक प्रचारप्रसार तथा खोपको महत्वबारे जानकारी गराएर छुटेका बालबालिकाहरुको पहिचान र खोप केन्द्र जानकारी गराउने जिम्मेवारी जप्रतिनिधि, समुदायका अगुवा, संचारमाध्यम, शिक्षक र विद्यार्थीहरुको भूमिका महत्वपुर्ण रहेको हुन्छ ।