बेनीमा लायन्सको तेस्रो क्याविनेट बैठकको फभातफेरी ( फोटोफिचर )

  • २५ माघ २०७६, शनिबार
  • 1721 पटक पढिएको

म्याग्दी, २५ माघ । लायन्स क्लवस् अन्तर्रा्ष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ र २०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार र शनिबार बेनीमा संचालन भएको छ ।शनिबार खुल्लामञ्चमा हुने कार्यक्रम अगाडि बेनीबजारमा बाजागाजा,विभिन्न जातजातिका भेषभूषा,झाँकीले लायन्स सदहस्यहरुलाई स्वागत गर्दै फभातफेरी गरिएको छ ।


वैठकमा लायन्सले गरेका सामाजिक कार्यको समिक्षा र आगमी योजनाका वारेमा छलफल रहेको बैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा वढी प्रतिनिधिहरु सहभागि रहेकोे वैठकका संयोजक सन्तोष रावलले जानकारी दिनुभयो ।वैठकमा डिस्ट्रक्ट गर्भनर इन्दु लम्साल सहित क्लबका विभिन्न पदमा रहेका लायन्स सदस्यहरुको सहभागिता रहेको छ । शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा क्याविनेट वैठक गरेका थिए ।